१० मंसिर २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

पार्टी भित्रको परिस्थिति निकै गम्भीर– महासचिव पौडेल



अ+ अ-

काठमाडौ । सत्तारुढदल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले  पार्टीभित्रको परिस्थिति निकै गम्भीर रहेको बताउनु भएको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पार्टीभित्र उत्पन्न समस्यका बारेमा छलफल गरेपछि संञ्चारकर्मीहरु लाई संक्षिप्त प्रतिक्रिया दिदै महासचिव पौडेलले  पार्टी भित्रको अवस्था गम्भिर रहेको बताउनु भएको हो ।

दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल बिच बढेको मन मुटाव का साथै अन्य सचिवालयका सदस्यहरु पनि दुई ध्रुवमा विभाजित हुँदा नेकपा यतिबेला निकै संकटमा फसेको छ । दुई अध्यक्षले एक अर्कालाई लिखित रुपमा नै आरोप प्रत्यारोप गरेपछि समस्या निकै जटिल बन्दै गएको छ ।

अध्यक्ष दाहालले लाएको आरोपको प्रधानमनत्री तथा अध्यक्ष केपी ओलीले मंसीर १० गते जवाफ दिने भन्दै सचिवालयको बैठक स्थगित गरिएको छ ।