१८ चैत्र २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

भारतको उत्तराखण्डको ऋषिकेशमा नशालु पदार्थ खुवाई एक नेपाली लुटिए



अ+ अ-

कञ्चनपुर । नशालु पदार्थ खुवाई भारतको उत्तराखण्डको ऋषिकेशमा एक नेपालीलाई लुटिएको छ । सुर्खेत घर भएका ४१ वर्षीय तीर्थबहादुर सारु मगरलाई चिसो पेय पदार्थमा नशालु वस्तु खुवाई अपरिचित व्यक्तिले भारतीय रुपियाँ ८५ हजार लुटेर लगेका हुन् । 

भारतको रुदप्रयागमा दुई महिनाअघि मजदूरी गर्न गएका मगरलाई घर फर्कने क्रममा ऋषिकेशमा पुगेका बेला लुटिएपछि आज नेपालीको सहयोगमा गड्डाचौकी ल्याइएको छ । सशस्त्र प्रहरीले बेखर्ची मगरलाई फेला पारी खाना खुवाएको छ ।

मगरका परिवारजनसँंग सम्पर्क गरी परिवार जिम्मा लगाउने तयारी भइरहेको सशस्त्र प्रहरी निरीक्षक पदम भण्डारीले बताउनुभयो ।