१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

साताको पहिलो दिन आइतबार ३०.७९ अंकले बढ्यो नेप्से, नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार



symbolic picture
अ+ अ-

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार कारोबारको पहिलो घण्टामा नेप्से परिसूचक ३० दशमलव ७९ अंकले बढेर १ हजार ८०८ दशमलव ९२ विन्दुमा पुगेको छ । १ हजार ७९१ दशमलव २२ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा १ दशमलव ७३ प्रतिशत बढेको छ । पहिलो घण्टाको अवधिमा १८८ ओटा कम्पनीको १६ हजार ६७२ पटकको कारोबारमा ३५ लाख ३४ हजार ३२२ कित्ता शेयरको रू. १ अर्ब ७८ करोड ८३ लाख बराबरको खरीदविक्री भएको छ । 

कारोबारको पहिलो घण्टामा जानकी फाइनान्सको शेयरमूल्य सबैभन्दा बढी ९ दशमलव २१ प्रतिशतले वृद्धि भएर प्रतिकित्ता शेयरमूल्य रू. २४९ कायम भएको छ । पहिलो घण्टामा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये म्युचुअल फण्ड समूहको परिसूचक शून्य दशमलव ५५ प्रतिशतले घटेको छ भने बाँकी बैंकिङ, व्यापार, विकास बैंक, होटल्स, जलविद्युत, जीवन बीमा, लघुवित्त, निर्जीवन बीमा, वित्त, उत्पादन तथा प्रशोधन र अन्य समूहको परिसूचक बढेको । जसमध्ये व्यापार समूहको परिसूचक सबैभन्दा बढी ७ दशमलव ९४ प्रतिशतले बढेको छ । यस अवधिसम्म नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. १८ करोड ६२ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. १ हजार १६५ मा कारोबार भइरहेको छ ।