१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

‘बिओके’ क्यापिटलको पाँचौ वार्षिक साधारण सभा सम्पन्न,  ४.५ प्रतिशत लाभांश वितरण गर्ने



अ+ अ-

काठमाडौं । बि.ओ.के. क्यापिटल लिमिटेडको पाँचौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार क्यापिटलको वार्षिक साधारण सभा सम्पन्न भएको हो । क्यापिटलको संचालक समितिका अध्यक्ष महेश मिश्रको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो ।

साधारण सभाले आ.ब. २०७६/७७ को वित्तीय विवरणहरु पारित गरी सचिंत मुनाफाबाट चुक्ता पुंजी रु. २१ करोडको ४.५ प्रतिशतका दरले हुने रकम रु. ९४ लाख ५० हजार नगद लाभांश (कर समेत) बितरण गर्ने प्रस्ताव पारित गरेको हो । साथै, उक्त साधारण सभाले क्यापिटलले सामुहिक लगानी कोषको कोष व्यवस्थापन तथा डिपोजिटरी भई कार्य सम्पादन गर्ने गरी उद्देश्य थप गर्ने प्रस्ताव पारित गरेको छ ।