
काठमाडौँ । ला लिगा फुटबल अन्तर्गत बार्सिलोनाले जित निकालेको छ ।
गएराति भएको खेलमा बार्सिलोनाले जिरोनालाई उसकै मैदानमा ४–१ गोलले हराएको हो ।
बार्सिलोनालाई फराकिलो जित दिलाउन लामिने यामलले दुई गोल गरे भने ड्यानी ओल्मो र पेड्रीले एक–एक गोल गरे । जिरोनाका क्रिस्टियन स्टुआनीले एक गोल फर्काए ।
जारी सिजनमा बार्सिलोनाको यो पाँचौं जित हो । अपराजित बार्सिलोना ५ खेलबाट १५ अंकसहित तालिकाको शीर्षस्थानमा छ । जिरोना ७ अंकका साथ सातौं स्थानमा छ ।