काठमाडौं । सरकारले आगामी मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय तहका रिक्त पदमा उपनिर्वाचनका लागि मिति तय गरेको हो ।
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर मंसिर १६ गते उपनिर्वाचन गर्न सिफारिस गर्नुभएको थियो ।
हाल ३ पालिकाका प्रमुखसहित ३९ पद रिक्त छ ।