१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

मंगलबार शेयर बजार उकालो लागेर ५ अर्बभन्दा बढीको कारोबार



अ+ अ-

काठमाडौं । मंगलबार शेयर बजार पुनः उकालो लागेको छ । सोमबार २ दशमलव ३८ अंक घटेको मंगलबार २९ दशमलव ६८ अंक बढेर १ हजार ८१० दशमलव ११ विन्दुमा पुगेको छ । मंगलबार सेन्सेटिभ इन्डेक्स पनि ४ दशमलव ४२ अंक बढेर ३४९ दशमलव ३७ विन्दुमा पुगेको छ । सोमबारको तुलनामा यस दिन कारोबार रकममा पनि वृद्धि भएको छ । सोमबार रू. ४ अर्ब ७६ करोड २७ लाख ४ हजार बराबरको शेयर कारोबार भएकोमा मंगलबार यो रकम रू. ५ अर्ब ४४ करोड २९ लाख ५० हजार रहेको छ ।

१९६ ओटा कम्पनीको ४९ हजार ७८३ पटकको व्यापारमा उक्त रकम बराबरको १ करोड १७ लाख ४८ हजार ५२० कित्ता शेयर कारोबार भएको छ ।मंगलबार एनआईसी एशिया बैंकको सर्वाधिक रकमको शेयर कारोबार भएको छ । २० प्रतिशत लाभांश सुरक्षित गर्ने दिन भएकाले पनि मंगलबार उक्त कम्पनीको रू. ३७ करोड ३३ लाख ८६ हजार बराबरको शेयर कारोबार भएको हो । यस बैंकले हालसम्म लाभांश सार्वजनिक वाणिज्य बैंकहरु मध्ये सर्वाधिक लाभांश प्रस्ताव गरेको हो । १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांशप्रति मंगलबार लगानीकर्ताहरु आकर्षित भएको देखिन्छ । सर्वाधिक रकमको कारोबार भएको उक्त कम्पनीको शेयरमूल्य मंगलबार प्रतिकित्ता रू. १० ले बढेर अन्तिम मूल्य रू. ६९७ कायम भएको छ । कम्पनीले बुधबारदेखि बुक क्लोज गर्ने भएकाले नेप्सेले मंगलबारको अन्तिम मूल्यको आधारमा मूल्य समायोजन गर्नेछ । बुधबारदेखि शेयर खरीद गर्नेहरुले भने उक्त कम्पनीले प्रस्ताव गरेको २० प्रतिशत लाभांश पाउने छैनन् ।

मंगलबार आठ ओटा कम्पनीको शेयरमूल्य सर्किट लेभलमा बढेको छ । यो दिन बोटलर्स नेपाल तराईको ९ दशमलव ९९ प्रतिशत, हिमालयन डिष्टिलरीको ९ दशमलव ९८ प्रतिशत, विशाल बजार कम्पनीको ९ दशमलव ९५ प्रतिशत, आँखुखोला जलविद्युतको ९ दशमलव ९२ प्रतिशत,मल्टिपर्पस फिनान्सको ९ दशमलव ८७ प्रतिशत, अजोड इन्स्योरेन्सको ९ दशमलव ८६ प्रतिशत, ङादी ग्रुप पावरको ९ दशमलव ७३ प्रतिशत र नेको इन्स्योरेन्सको ९ प्रतिशतले शेयरमूल्य बढेको हो । उच्च अंकले बढेको बजारमा सोल्टी होटल र सप्तकोशी डेभलपमेण्ट बैंकको शेयरमूल्य सर्वाधिक घटेको छ । सोल्टी होटलको ३ दशमलव २० प्रतिशतले र सप्तकोशी डेभलपमेण्ट बैंकको ३ दशमलव शून्य ७ प्रतिशतले शेयरमूल्य घटेको हो । यो दिन होटल समूहको १ दशमलव ६५ प्रतिशत परिसूचक घटेको छ भने बाँकी समूहको बढेको छ । 

मंगलबार व्यापारिक समूहको परिसूचक सर्वाधिक ८ दशमलव २३ प्रतिशतले बढेको हो भने बैंकिङको शून्य दशमलव ११ प्रतिशत, विकास बैंकको शून्य दशमलव ६१ प्रतिशत, जलविद्युतको १ दशमलव ५ प्रतिशत, वित्तको शून्य दशमलव ७१ प्रतिशत, निर्जीवन बीमाको ३ दशमलव ५४ प्रतिशत, उत्पादन तथा प्रशोधनको ५ दशमलव ८६ प्रतिशत, अन्यको ४ दशमलव ५४ प्रतिशत, लघुवित्तको शून्य दशमलव ९३ प्रतिशत, जीवन बीमाको २ दशमलव ३३ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव ९२ प्रतिशत परिसूचक बढेको छ ।