१७ चैत्र २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

पोखरामा सम्मानित भइन् पलेशा, प्रदेश सरकारले मासिक भत्ता दिने



अ+ अ-

काठमाडौँ । पारा ओलम्पिकमा नेपाललाई ऐतिहासिक कास्य पदक दिलाएकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धन गण्डकी प्रदेशको राजधानी पोखरामा नगदसहित सम्मानित भएकी छन् ।

आइतबार पोखरामा एक कार्यक्रमकाबीच गण्डकी प्रदेश सरकारले उनलाई नगद एक लाख ५० हजारसहित सम्मान गरेको हो ।

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, सामाजिक विकास युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले उनलाई नगद, सम्मानपत्रसहित सम्मान गरे । गण्डकी सरकारले खेलाडी गोवर्धनलाई मासिक भत्तासमेत उपलब्ध गराउने भएको छ ।

मुख्यमन्त्री पाण्डेले देशलाई ऐतिहासिक पदक जिताउने गोवर्धनलाई मासिक भत्ता दिने घोषणा गरे । प्रदेश सरकारले यसअघि ओलम्पिक खेलेका गण्डकीका नौ खेलाडीलाई मासिक भत्ता स्वरुप पाँच हजार दिँदै आएको छ ।

यस्तै, सोही समारोहमा पोखरा महानगरपालिकाले खेलाडी गोवर्धनलाई दुई लाख २२ हजार दुई सय २२ र जिल्ला तेक्वान्दो सङ्घ कास्कीले ५० हजार एक सय ५५ रुपियाँसहित सम्मान गरे ।

पलेशाले पेरिस पारालिम्पिक्समा तेक्वान्दोको के ४४ विधाअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा नेपाललाई ऐतिहासिक कास्य पदक दिलाएकी थिइन् ।