ग्रिन टी का फाइदाँहरु धेरै छन् । जाडो महिनामा अल्छीपना बढेसँगै मोटापा पनि बढेर जान्छ । ग्रिन ति पिउँदा मोटोपन घटाउँछ र शरिरलाई फिट राख्दछ । ग्रिन टि पिउँनु होस् र स्वास्थ्य रहनुहोस् । यस्ता छन् ग्रिन टि का फाइदाँहरु:
१) ग्रिन टी दैनिक रूपमा पिउँदा मोटोपन घटाउँछ र तौल नियन्त्रण गर्छ ।
२) मधुमेह हुने सम्भावनालाई कम गराउँछ, यसले इन्सुलिन नियन्त्रण गर्छ, रगतमा चिनीको मात्रा पनि कम गराउँछ ।
३) एक अध्ययनका अनुसार ग्रिन टीले दिमागको सेललाई टुट्नबाट बचाउँछ, यसले अलजाइमर र पार्किन्सनको खतरा कम हुन्छ ।
४) ग्रिन टीमा केटेचिन नामको एन्टिअक्साइड हुन्छ, जसले घाँटी तथा दाँतमा हुने संक्रमणबाट बचाउँछ ।
५) यसले अनावश्यक तनावबाट मुक्ति दिन्छ ।
६) ग्रिन टीले अनुहारमा सौन्दर्य थप्छ र चकम दिलाउँछ ।
७) यसले ब्लडप्रेसर नियन्त्रण गर्छ, साथै मुटुका बिरामीलाई हृदयघातको सम्भावना कम गराउँछ ।