२३ फाल्गुन २०८१, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

आजदेखि नेपाल उद्योग वाणिज्य महासङ्घको साधारण सभा सुरु



अ+ अ-

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको ५४औँ वार्षिक साधारण सभा बिहीबारदेखि सुरु हुँदै छ । गत चैत अन्तिम साता हुनुपर्नेमा कोरोना महामारी र बन्दाबन्दीका कारण दुईपटक स्थगित हुँदै आजदेखि सुरु हुन लागेको हो । कोरोना सङ्क्रमणकै जोखिमका कारण साधारण सभाको उद्घाटनलगायत औपचारिक कार्यक्रम यसपटक अभौतिक रूपमा सम्पन्न गर्न लागिएको छ भने निर्वाचन कार्यक्रम आगामी शनिबार राजधानीमै गर्न लागिएको छ । महासङ्घको वैधानिक प्रावधान अनुरूप यो साधारण सभाले महासङ्घको अध्यक्षता वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छालाई हस्तान्तरण गर्नेछ । विधानअनुसार वरिष्ठ उपाध्यक्ष कार्यकालपछि स्वतः महासङ्घको अध्यक्ष बन्छन् ।

भर्चुअल रूपमा हुने साधारण सभाको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाटै गर्ने कार्यक्रम रहेको महासङ्घ सचिवालयले जनाएको छ ।
बन्दसत्रको कार्यक्रम शुक्रबार पनि अभौतिक रूपमै हुनेछ । बन्दसत्रमा महासङ्घको आर्थिकलगायत विभिन्न प्रतिवेदन पेस गर्ने र पास गर्ने कार्यक्रमसहित निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवारहरूले नीतिगत मन्तव्यसमेत राख्ने छन् । निर्वाचनको कार्यक्रम भने शनिबार तीन स्थानमा राखिएको छ । सचिवालयका अनुसार नेपाल प्रज्ञा प्रतिष्ठानमा जिल्ला नगर समूहको मतदान हुनेछ भने बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा एसोसिएट समूहको मतदान केन्द्र राखिएको छ । वस्तुगततर्पmको मतदान भने टेकुस्थित महासङ्घ सचिवालय परिसरमै गर्ने निर्धारण गरिएको छ ।

महासङ्घको नयाँ पदाधिकारीका लागि वरिष्ठ उपाध्यक्ष पदमा व्यवसायी चन्द्र ढकाल र किशोर प्रधानले उम्मेदवारी दिनुभएको छ । दुवै उम्मेदवारले यसपटक पूरै प्यानलसहित उम्मेदवारी दर्ता गराउनुभएको छ । ढकाल समूहबाट जिल्ला नगर उपाध्यक्षमा गुणनिधि तिवारी, एसोसिएटमा रामचन्द्र सङ्घई र वस्तुगतमा उमेशलाल श्रेष्ठले उम्मेदवारी दिनुभएको छ । उता प्रधान समूहबाट जिल्ला नगरमा दिनेश श्रेष्ठ, एसोसिएटमा सौरभ ज्योति र वस्तुगतमा अन्जन श्रेष्ठले उम्मेदवारी दिनुभएको छ ।

ढकाल समूहले जिल्ला, नगर र एसोसिएटतर्फबाट अत्यधिक मत आउने आकलन गरिरहेको छ भने प्रधान समूहले आफ्नो पक्षमा रहनुभएका केही पूर्वअध्यक्षको साथका आधारमा समग्र मत पाउने अपेक्षा राखेको छ । गोरखापत्र दैनिक