१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

नेको इन्स्योरेन्सको खुद बीमाशुल्क ४३ करोड २८ लाख संकलन



अ+ अ-

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४३ करोड २८ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन भएको छ । सोही अवधिमा गत आर्थिक वर्षमा कम्पनीले ३३ करोड १३ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो । त्यसैगरी कम्पनीले चालु आर्थिक वर्षको पहिलो ३ महिनामा १२ करोड ४४ लाख रुपैयाँ नाफा गरेको छ । गत वर्ष सोही अवधिमा कम्पनीको नाफा ७ करोड ५३ लाख रुपैयाँ थियो ।

चालु आर्थिक वर्षकै पहिलो त्रैमासमा कम्पनीको आम्दानी २० करोड ३९ लाख रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो ३ महिनामा कम्पनीको आम्दानी १२ करोड ६० लाख रुपैयाँ रहेको थियो । यस्तै, चालु आर्थिक वर्षमा कम्पनीको खर्च ७ करोड ९४ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही समयमा कम्पनीको खर्च ५ करोड ६ लाख रुपैयाँ रहेको थियो । 

कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ७८ हजार ४२ वाटा बीमालेख जारी गरेको छ भने अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ६८ हजार ४ सय वटा मात्र बीमालेख जारी भएका थिए । हाल नेको इन्स्योरेन्स कम्पनीको चुक्ता पूँजी १ अर्ब ३१ करोड रुपैयाँ रहेको छ । यस्तै, जगेडा कोषमा ५८ करोड ४ लाख रुपैयाँ छ । बीमा कोषमा ८९ करोड ३९ लाख रुपैयाँ रहेको छ भने महाविपत्ती कोषमा कम्पनीको ८ करोड ५५ लाख रुपैयाँ रहेको छ