१९ चैत्र २०८१, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

इटालीका जेनिक सिन्नरले जिते युएस ओपनको उपाधि



अ+ अ-

एजेन्सी । युएस ओपनको पुरुष सिंगल्सको उपाधि विश्व नम्बर १ टेनिस खेलाडी जेनिक सिन्नरले जितेका छन् ।

इटालियन स्टारले अमेरिकाका टेलर फ्रिट्जलाई ६–३, ६–४, ७–५ ले हराए ।

उनी वर्षको अन्तिम ग्राण्डस्लाम जित्ने पहिलो इटालियन पुरुष खेलाडी बनेका छन् भने समग्रमा दोस्रो खेलाडी बनेका छन् । २०१५ मा, फ्लाभिया प्यानेटाले महिला एकलको उपाधि जितेकी थिइन् ।

न्युयोर्कमा आइतबार राति अबेर राति सुरु भएको फाइनल खेल २ घण्टा १६ मिनेटसम्म चलेको थियो । यसमा शीर्ष वरीयता सिन्नरको दबदबा देखियो । उनले पहिलो सेट ६–३ ले जिते । त्यसपछि दोस्रो सेट ६–४ र अन्तिम सेट ७–५ ले जितेर अग्रता लिएको थियो ।

अर्कोतर्फ, अमेरिकाका टेलर फ्रिट्ज आफ्नो पहिलो ग्राण्डस्लाम उपाधि जित्नबाट बञ्चित भएका छन् । १८ वर्षपछि कुनै अमेरिकी खेलाडी युएस ओपनको पुरुष सिंगल्सको फाइनलमा पुगेका थिए । यसअघि सन् २००६ मा एन्डी रोडिकले यो उपलब्धि हासिल गरेका थिए ।