२४ चैत्र २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

कोशी प्रदेशले कर्णालीलाई ४–० अन्तरले हरायो



अ+ अ-

काठमाडौँ । राजधानीमा जारी एन्फा महिला लिग फुटबल प्रतियोगितामा कोशी प्रदेशले कर्णाली प्रदेशलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा कोशीले कर्णालीलाई ४–० गोलअन्तरले हराउँदै जित हासिल गरेको हो ।

यससँगै कोशीले तीन खेलबाट नौ अङ्क बटुल्दै अङ्क तालिकाको पहिलो स्थानमा उक्लेको छ । पराजित कर्णालीको भने एक अङ्क छ ।

यसअघि कोशीले वालिङ नगरपालिकालाई ४–० र बागमती युवा क्लबलाई २–१ ले पराजित गरेको थियो । त्यस्तै यसअघि चन्द्रपुरसँग १–१ को बराबरी खेलेको कर्णालीले वालिङ नगरपालिकासँग ४–० को पराजय ब्यहोरेको थियो ।

आज कोशीको जितमा पूर्णीमा राईले दुई गोल गरिन् भने समीक्षा मगर र प्रतीक्षा राईले समान एक/एक गोल गरे । कोशीकी पूर्णीमाले खेलको ३४औँ मिनेटमा पहिलो गोल गरिन् । त्यसपछी खेलको ६७औँ मिनेटमा समीक्षाले गोल गर्दै कोशीको अग्रता दोब्बर बनाइन् ।

त्यसको पाँच मिनेटपछि पूर्णीमाले व्यक्तिगत दोस्रो र टोलीका लागि तेस्रो गोल गरिन् । खेलको ७५औँ मिनेटमा प्रतीक्षाले अर्को गोल थप्दै कोशीले कर्णालीमाथि ४–० को जित निकाल्यो ।