१९ चैत्र २०८१, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

मोइन अलीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिए



अ+ अ-

एजेन्सी । इंग्ल्याण्डका अलराउन्डर मोइन अलीले अन्तर्राष्ट्रिय क्रिकेटका सबै फर्म्याटबाट सन्यास लिएका छन् । अष्ट्रेलियाविरुद्धको सेतो बल सिरिजमा इंग्लिस टोलीमा मौका नपाएपछि ३७ वर्षीय अलराउन्डरले यो निर्णय लिएका हुन् ।

२०१९ मा एकदिवसीय विश्वकप र २०२२ मा टी–२० विश्वकप जितेका ३७ वर्षीय मोइनले डेली मेललाई दिएको अन्तर्वार्तामा भने, ‘म ३७ वर्षको भएँ र यसै महिना अस्ट्रेलियाविरुद्धको सिरिजका लागि छनोट भइनँ । मैले इङ्ल्यान्डका लागि धेरै क्रिकेट खेलेको छु । अब यो अर्को पुस्ताको लागि समय हो, जुन मलाई भनिएको थियो । मलाई लाग्यो कि यो सही समय हो । मैले मेरो काम गरेको छु ।’

मोइनले आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल टी–२० विश्वकप २०२४ मा खेलेका थिए । गुयानामा भारतसँगको सेमिफाइनल खेलमा इंग्ल्याण्डले हार बेहोरेको थियो ।

मोइन अलीले सन् २०२१ मा सन्यासको घोषणा पनि गरेका थिए । दुई वर्षपछि, २०२३ मा, उनी टेस्ट क्रिकेटबाट सन्यास लिएर फर्किए । त्यसपछि उनलाई ज्याक लिचको स्थानमा एसेज सिरिजका लागि छनोट गरिएको इंग्लिस टोलीमा समावेश गरियो ।

मोइनले टेस्ट कप्तान बेन स्टोक्स, इंग्ल्यान्डका मुख्य प्रशिक्षक ब्रेन्डन म्याकुलम र इङ्ल्यान्ड क्रिकेटका प्रबन्ध निर्देशक रोबर्ट कीजसँग कुरा गरेपछि यो निर्णय लिएका हुन् ।

मोइन अलीले सन् २०१४ मा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए । अलराउन्डरका रूपमा उनले ६८ टेस्ट, १३८ एकदिवसीय र ९२ टी(२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। उनले इंग्ल्याण्डका लागि सबै फर्म्याटमा ८ शतक र २८ अर्धशतक सहित ६६७८ रन र ३६६ विकेट लिएका छन् ।