१९ चैत्र २०८१, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

२०२५ को विश्व टेस्ट च्याम्पियनसिपको फाइनल लर्ड्समा हुने



अ+ अ-

एजेन्सी । लर्ड्सले सन् २०२५ मा पहिलो पटक विश्व टेस्ट च्याम्पियनसिप फाइनल खेलको आयोजना गर्ने भएको अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले मङ्गलबार घोषणा गरेको छ ।

विश्व टेस्ट च्याम्पियनसिप र्याङ्किङमा सर्वोच्च स्थानमा रहेका दुई टोलीबीच जुन ११ मा ‘क्रिकेटको घर’ मा फाइनल खेल हुनेछ ।

सन् २०२३ मा द ओभलमा भारतलाई हराएपछि अस्ट्रेलिया विश्व टेस्ट च्याम्पियन बनेको थियो । न्युजिल्यान्डले सन् २०२१ मा साउथेम्प्टनमा भारतविरुद्ध प्रतियोगिताको पहिलो संस्करण जितेको थियो ।

सन् २०२३ मा सुरु भएको दुई वर्षको चक्रमा पाँच दिवसीय रातो–बल ढाँचामा उनीहरूको प्रदर्शनका आधारमा टेस्ट खेल्ने नौ देशको र्याङ्किङ गरिन्छ ।

भारत वर्तमान टेस्ट र्याङ्किङमा दोस्रो स्थानमा रहेको अस्ट्रेलियालाई पछि पार्दै शीर्ष स्थानमा छ । न्युजिल्यान्ड तेस्रो र इङ्ग्ल्यान्ड चौथो स्थानमा छन् ।

लर्ड्स फाइनल खेल्ने दुई मुलुकको पुष्टि जनवरी २८ मा गरिनेछ ।

“पहिलो पटक विश्व टेस्ट च्याम्पियनसिप फाइनल खेललाई लर्ड्समा ल्याउन आइसिसीसँग काम गर्न पाउँदा हामी खुशी छौँ”, उत्तरी लन्डनमा लर्ड्स रङ्गशालाको स्वामित्वमा रहेको मेरिलेबोन क्रिकेट क्लबका प्रमुख कार्यकारी एवं सचिव गाय लेभेन्डरले भन्नुभयो ।

“कुनै पनि प्रकारको फाइनल खेलको आयोजना गर्न पाउनु हाम्रा लागि ठूलो सौभाग्य हो तर हाम्रो सबैभन्दा मनपर्ने ढाँचा टेस्ट क्रिकेटमा दुई सर्वश्रेष्ठ पुरुष टोलीलाई स्वागत गर्नु अद्वितीय सम्मान हो”, उहाँले भन्नुभयो, “लर्ड्स टेस्टको एक सय ४० वर्षको इतिहासलाई जोड्दै यो बिर्सन नहुने अनुभव हुनेछ ।”