३० चैत्र २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

पारा खेलकुदलाई व्यवस्थित गर्नसके धेरै पलेशाहरू जन्मन्छन्: सदस्य सचिव घिसिङ



अ+ अ-

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले पारा तेक्वान्दोकै सफलताका कारण घरेलु पारा खेलकुदलाई व्यवस्थित बनाएर अगाडि बढाइसकेको बताउनुभएको छ ।

पेरिस पारालिम्पिक २०२४ मा पारा तेक्वान्दोकी पलेशा गोवद्र्धनले नेपाललाई ऐतिहासिक काँस्य पदक दिलाएपछि न्युज एजेन्सी नेपालले गरेको कुराकानीमँ राखेप सदस्यसचिव घिसिङले पारा खेलकुदमा धेरै सम्भावना रहेको औंल्याउनु भयो । यसअघि नै आफूले पारा खेलकुदलाई व्यवस्थित र व्यावसायीक रूपमा अगाडि बढाउन योजना कार्यान्वयनमा ल्याएको उहाँको भनाइ छ । त्यसका लागि युवा तथा खेलकुद मन्त्रालयमार्पmत नवौं राष्ट्रिय खेलकुद लगत्तै प्रथम पारा राष्ट्रिय खेलकुदका लागि वार्षिक रूपमा बजेट छुट्याइएको उहाँले बताउनु भयो । यद्यपि यो पर्याप्त नरहेको उहाँको विश्वास छ ।

घरेलु पारा खेलकुदलाई व्यवस्थित र व्यावसायिक बनाउनसके मात्र नेपाली खेलकुदमा धेरै पलेशा गोवद्र्धनको जन्म हुने सम्भावना रहेको उहाँले औंल्याउनु भयो । घिसिङले यो सफलताले साना देशले पनि विश्व खेलकुदमा ठूला सफलता पाउन सकिन्छ भन्ने सन्देश दिएको बताउनु भयो । उपलब्धि हासिल गर्दा पाएको चर्चाजस्तै नीतिगत रूपमा विकास गर्न ध्यान अगाडि बढाउन सकेमा सम्भावनाहरू थप बढ्ने उहाँको विश्वास छ । भौगोलिक र आर्थीक रूपले साना राष्ट्रले लक्ष्य राखे सफलता पाउने प्रमाणित गरिसकेको बताउनु भयो ।

पारालिम्पिकको विशेष तयारीको मद्दतले पलेशाले सफलता पाएको सदस्यसचिव घिसिङको विश्वास छ । यसका लागि म्यानचेस्टर सिटीको राम्रो एकेडेमीमा पलेशाले प्रशिक्षण गरेको र त्यो प्रभावकारी बनेको उहाँको भनाइ छ । चीनमा अध्ययनरत हुँदा पनि उनलाई त्यहाँ नै प्रशिक्षण गराउने वातावरण सिर्जना गर्ने प्रयासमा राखेपले योजना बुनेको उहाँले स्मरण गर्नुभयो । तयारीअनुरूप पलेशा र उहाँका प्रशिक्षक कविराज नेगी लामालाई पनि विशेष धन्यवाद दिनुभयो । राखेप सदस्यसचिव घिसिङले यो सफलतामा सिंगो देशले नै खुशीयाली मनाएको बताउनु भयो ।

राखेप सदस्यसचिव टंकलाल घिसिङले पलेशा गोवद्र्धन र करातेकी खेलाडी एरिका गुरुङ ९१९औं एसियाली खेलकुदकी रजत विजेता० नेपाली खेलकुदमा आजको युगका हिरो रहेको प्रतिक्रिया दिनुभयो । उनीहरूले अझै धेरै सफलता ल्याउन सक्ने सम्भावना रहेको र त्यसका लागि सम्बन्धित संघलाई आगामी एशियाली खेलकुद र ओलम्पिकमा दीर्घकालीन तयारी गराउन निर्देशन दिने बताउनु भयो । त्यसका लागि आवश्यक पर्ने लगानी पनि परिषद्ले गर्ने विश्वास व्यक्त गर्नुभएको छ । अर्को पटक स्वर्ण पदक जित्नेगरी तयारी गर्न काम अगाडि बढाउने बताउनु भयो ।

राखेप सदस्यसचिव घिसिङले खेलअगाडि नै राज्यले दिने पुरस्कारबारे खेलाडीलाई प्रत्याभुति गराउनसके उनीहरूको प्रदर्शन उच्च हुने विश्वास व्यक्त गर्नुभयो । सोहीअनुरूप नै आफू राखेपमा नियुक्ति भएपछि देशका लागि पदक जित्ने खेलाडीले कानूनी रूपमै पुरस्कार पाउने वातावरण सिर्जना गर्न खेलकुद विकास नियमावली बनाइएको उहाँको भनाइ छ । त्यसअनुरूप पलेशाले पारालिम्पिकमा पदक जितेपछि ६५ लाख रुपैयाँ पाउने र उक्त पुरस्कारमा काटिने कर छुटका लागि राखेपको कार्यकारी समितिबाट प्रस्ताव अगाडि बढाउने उल्लेख गर्नुभयो ।

उहाँले विद्यालयस्तरबाटै पाठ्यक्रमका रूपमा अगाडि बढाउन आवश्यक रहेको औंल्याउनु भयो । साथै उहाँले खेलकुदमा नीजि क्षेत्रको लगानी बढाउन विशेष योजना आवश्यक रहेको र त्यसका लागि आफूले लामो समयदेखि पहल गरिरहेको बताउनु भयो । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै वैज्ञानिक रूपमा खेलाडीको तयारी गर्नसके मात्र अन्तर्राष्ट्रिय स्तरमा उनीहरूको प्रदर्शन सुधार हुनसक्ने विश्वास व्यक्त गर्नुभयो । अहिले सिमित श्रोत साधानबाटै गरिएको तयारीबाट खेलाडीले ऐतिहासिक सफलता प्राप्त गरेको उहाँले उल्लेख गर्नुभएको छ । ठूला सफलता प्राप्त गर्न पर्याप्त लगानीसहित मिसनका रूपमा तयारी गर्न आवश्यक रहेको उहाँले औंल्याउनु भयो ।

सन् २०२६ को २०औं एशियाली खेलकुदका लागि अहिले नै राखेपले तयारी गसिकेको उहाँको भनाइ छ । उहाँले राखेप खेलकुदमा परिणाममुखी बनाउन खेलाडी आवास पनि आवश्यक रहेको बताउनुभएको छ ।