१६ माघ २०८१, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

अमिताभ बच्चनको पहिलो तलब ४०० रुपैयाँ थियो



अ+ अ-

एजेन्सी । बलिउडका महानायक अमिताभ बच्चनले आफ्नो पहिलो कमाई ४०० रुपैयाँ मात्र रहेको खुलासा गरेका छन् । उनले करियरको सुरुवाती दिनमा आफूले पनि निकै संघर्ष गर्नुपरेको बताए । उनी एउटा सानो कोठामा ८ जनासँग बस्थे ।

टिभी शो कौन बनेगा करोडपतिको हालैकोको एपिसोडमा, महाराष्ट्र लोक सेवा आयोगआकांक्षीले बिग बीसँगको आफ्नो संघर्षका दिनहरूको बारेमा कुरा गरे । उनी पुणे आएपछि ८ जनासँग कोठामा बस्थे ।

यसबारे अमिताभ बच्चनले भने, ‘यसमा कुनै आश्चर्य छैन । जब हामीले कलेजबाट पढाइ सकेर जागिर खोज्न थाल्यौं, हामीले कोलकातामा मासिक ४०० रुपैयाँ तलबमा जागिर पायौं । एउटै कोठामा ८ जना बस्थ्यौँ ।’

अभिनेताले थप भने, ‘धेरै रमाइलो हुन्थ्यो । हामी ८ जना थियौं तर त्यहाँ २ बेड थियो । भुइँमा सुत्नुपर्यो । तर, हामीहरु एकअर्कासँग खुसी नै रह्यौं । आज यहाँ को सुत्ने, को खाटमा सुत्ने र को ओछ्यानमा बस्ने भनेर आपसमा झगडा हुन्थ्यो ।’

अमिताभ बच्चन सन् २००० मा ‘कौन बनेगा करोडपति’ शोबाट सानो पर्दामा प्रवेश गरेका थिए । उनले यस गेम शोको २००७ सिजन बाहेक सबै होस्ट गरेका छन् । २००७ को सिजन शाहरुख खानले होस्ट गरेका थिए ।

फिल्मको कुरा गर्ने हो भने अमिताभ हालै फिल्म ‘कल्कीमा देखिएका थिए । आगामी दिनमा उनी रिभु दासगुप्ताको कोर्टरुम ड्रामा सेक्शन ८४ र टीजे ज्ञानवेलको एक्सन ड्रामा वेट्टैयानमा देखिनेछन् ।