२८ फाल्गुन २०८१, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

उपभोग्य वस्तुहरुको कृत्रिम अभाव हुन नदिन गृहमन्त्रीको निर्देशन



अ+ अ-

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले उपभोक्तालाई चाडपर्वको बेलामा दैनिक उपभोग्य सामग्रीहरुको सरल र सहज पहुँच प्रदान गर्नेगरी आवश्यक प्रवन्ध मिलाउन निर्देशन दिनुभएको छ ।

बिहीवार मन्त्रालयमा चाडबाड नजिकिँदै गर्दा हुने ठगीका घटनाहरुको बारेमा जानकारी लिँदै नागरिकलाई सहज पहुँच बिस्तार गर्नेगरी परिणामुखी भइ आवश्यक व्यवस्था गर्न सम्बन्धित सरोकारवाला निकायहरुसँग आग्रह गर्नुभएको हो । उहाँले चाडपर्वको बेलामा दैनिक उपभोग्य सामग्रीहरुको सरल र सहज पहुँच उपभोक्ताहरुलाई हुनुपर्ने र त्यसको ग्यारेन्टी सरकारले गर्नुपर्ने बताउनु भयो । उहाँले नागरिकले सहज र सरल रुपमा उपभोग्य वस्तुहरु पाएको महशुस हुनेगरी परिणममुखी काम गर्न निर्देशन दिनुभयो । गृहमन्त्री लेखकले बजारमा कृत्रिम अभाव हुन नदिन, मूल्यवृद्धि निइन्त्रण गर्न, अखाद्यवस्तुहरु चाडबाडको बेलामा बिक्री हुन नदिन पनि उच्च निगरानी गर्न निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो,‘चाडपर्वको बेलामा दैनिक उपभोग्य सामग्रीहरुको सरल र सहज पहुँच उपभोक्ताहरुलाई हुनुपर्छ । त्यसका लागि हाम्रो सहयोग कहाँनेर हुनसक्छ रु भन्नेकुरा हो । परिणाममा देखिनुपर्‍यो । भाषणमा देखिएर हुँदैन । परिणाममा देखनिुपर्छ । कृत्रिम अभाव कुनै हालतले पनि हुनु भएन । कुनै ठाउँमा कृत्रिम अभाव भएको छ, बजारमा चिनी छैन, कहाँनेर गोदाममा हजार बोरा चिनी राखिएको भए कुनै बेला सह्य हुँदैन । त्यसका लागि हेर्ने निकाय को हो? हेनुपर्‍यो । प्रहरी प्रशासनको के सहयोग चाहिन्छ, गृह मन्त्रालय पूराका पूरा सहयोग गर्नेछ । दशैँ तिहार आयो की मूल्यवृद्धि हुनु भएन । मूल्यवृद्धिलाई नजिकबाट सुक्ष्म ढंगले हेरेर नियन्त्रण गर्नुपर्छ । गुणस्तरहिन सामान बजारमा देखिनु भएन । अखाद्यवस्तुहरु चाडबाडको बेलामा बिक्री हुने भन्दै त्यसमा सचेत रहन र निगरानी बढाउनुपर्छ । सवारीसाधनको भाडको विषय पनि छ । दशैँतिहार आयो की भाडा वृद्धि हुन्छ । यसमा पनि ख्याल गर्नुपर्छ ।’

गृहमन्त्री लेखकले दशैँतिहारमा हुने सवारीसाधनको मूल्यवृद्धिको विषयमा पनि निगरानी बढाउन सम्बन्धित निकायहरुलाई निर्देशन दिनुभयो ।