२३ फाल्गुन २०८१, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

‘समृद्ध नेपालका लागि सडक, रेल तथा यातायातको विकासको पाँच वर्षे महत्वाकाङ्क्षी रणनीतिक योजना’



अ+ अ-

काठमाडौँ । मुलुकभरको गरी तीन हजार तीन सय किलोमिटर सडक मर्मत गरिनेभएको छ । ‘समृद्ध नेपालका लागि सडक, रेल तथा यातायातको विकासको पाँच वर्षे महत्वाकाङ्क्षी रणनीतिक योजना’ अन्तर्गत मर्मतको काम थालिएको हो । रणनीतिक योजना अन्तर्गत मुलुकको मुख्य सडकको मर्मत कार्य अगाडि बढाइएको सडक विभागका उपमहानिर्देशक भीमार्जुन अधिकारीले जानकारी दिनुभयो । उहाँले मर्मत कार्यक्रम अन्तर्गत बढी ट्राफिक चाप हुने प्रमुख राजमार्ग (कोर रोड नेटवर्क) का सडकमा मर्मत गरिनेछ । यस कार्यक्रमका लागि नीतिगत रूपमा सरकारबाट स्वीकृति प्राप्त भइसकेको छ भन्नुभयो ।

यस कार्यक्रमका लागि सडकको समेत छनोट भइसकेको र त्यसमा मुलुकका सबै प्रमुख राजमार्ग परेको उहाँले जानकारी दिनुभयो । कम्तीमा दैनिक दुई हजार व्यक्ति आवतजावत गर्ने सडकलाई ‘कोर रोड नेटवर्क’ भन्ने गरिन्छ । उहाँले विश्व बैङ्कको ऋण सहयोगमा रणनीतिक सडक कनेक्टिभिटी र व्यापार सुधार परियोजना (स्टार्टिजिक रुट कनेक्टिभिटी एन्ड ट्रेड इम्प्रुभमेन्ट प्रोजेक्ट, एसआरसीटीआईपी) कार्यक्रम अन्तर्गत तीन हजार तीन सय किलोमिटर सडकको आवधिक मर्मत कार्य सुरु गर्न लागिएको हो भन्नुभयो । यस कार्यक्रम अन्तर्गत पूर्व–पश्चिम राजमार्ग, अरनिको राजमार्ग, बीपी राजमार्ग, सिद्धार्थ राजमार्ग, पृथ्वी राजमार्ग, मेची राजमार्ग, कोसी राजमार्ग लगायत मुलुकका प्रमुख सबै राजमार्गको मर्मत गरिने उपमहानिर्देशक अधिकारीले जानकारी दिनुभयो ।

‘एसआरसीटीआईपी’ कार्यक्रम अन्तर्गत नै पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको पथलैया–ढल्केवर–कमला सडकखण्ड र मुग्लिन–नागढुङ्गा खण्डको विस्तार कार्य अगाडि बढाइएको उपमहानिर्देशक अधिकारीले बताउनुभयो । उहाँका अनुसार कुल आठ अर्ब रुपियाँको लागतमा सञ्चालन हुन लागेको यस आयोजनामा ७० प्रतिशत विश्व बैङ्कको सहयोग र बाँकी नेपाल सरकारको लगानी रहनेछ । यस कार्यक्रमका लागि अर्थ मन्त्रालय र विश्व बैङ्कबीच सम्झौतासमेत भइसकेको छ । यस कार्यक्रमको समयावधि आर्थिक वर्ष २०७७/७८ देखि पाँच वर्षसम्म रहेको छ ।

चालू आर्थिक वर्षमा तीन सय किलोमिटर सडकको मर्मत गरिने गरी तयारी पूरा भइसकेको बताउँदै उहाँले त्यसका लागि निर्माण कम्पनी छनोट गर्न बोलपत्रको तयारी पूरा भइसकेको जानकारी दिनुभयो । विश्व बैङ्कको सहयोगमा सञ्चालन हुने कार्यक्रम रहेकाले बोलपत्र आह्वान गर्न विश्व बैङ्कसँग छलफल भइरहेको उहाँले बताउनुभयो ।
यो वर्ष कार्यक्रमको तयारी वर्ष भएकाले कम मात्रामा मर्मत कार्य अगाडि बढाइएको उहाँले स्पष्ट पार्नुभयो । सङ्घीय सडक विभाग अन्तर्गत १४ हजार ९९० किलोमिटर रणनीतिक सडक रहेका छन् । गोरखापत्र दैनिक