२३ फाल्गुन २०८१, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

अमेरिकी कम्पनी मोडर्नाले माग्यो खोप प्रयोगको अनुमति



अ+ अ-

न्युयोर्क । कोभिड–१९ विरुद्धको खोप विकास गरेको अमेरिकी कम्पनी मोडर्नाले अमेरिका र युरोपमा खोपको प्रयोगका लागि अनुमति माग गरेको छ । आफूले विकास गरेको खोपको क्लिनिकल परीक्षण ९४ प्रतिशत प्रभावकारी रहेको पुष्टि भएको भन्दै मोडर्नाले सोमबार खोप प्रयोगको अनुमति मागेको हो । यसअघि फाइजरले खोप प्रयोगको अनुमति माग्दै अमेरिकामा आवेदन दिइसकेको छ । मोडर्नाले सोमबार नै अमेरिकी खाद्यान्न तथा औषधि प्रशासन (एफडीए) सँग आपत्कालीन प्रयोगका लागि स्वीकृति (ईयूए) को माग गरेको र यसलाई युरोपेली औषधि उत्पादक तथा वितरक कम्पनीसँग मिलेर ससर्त बजारीकरणका लागि अनुमति माग्ने बताइएको छ ।

बेलायतको नियमनकारी निकायले फाइजर तथा अस्ट्राजेनेका र अक्सफोर्ड विश्वविद्यालयले विकसित गरेका दुइटा खोप प्रयोगका लागि अनुमति दिने/नदिनेबारे तथ्यांकहरूको विश्लेषण गरिरहेको जनाइएको छ ।

बीबीसीका अनुसार मोडर्नाले बेलायतमा आफ्नो खोप प्रयोगका लागि चाँडै नै अनुमति पाउने आशा व्यक्त गरेको छ । मोडर्नाले ३० हजार जनामा खोपको अन्तिम चरणको परीक्षण गरिएको र गम्भीर प्रकारका असरहरू नदेखिएको जनाएको छ ।

बेलायतले हालसम्म मोडर्नाको ७० लाख डोज, फाइजर तथा बायोएनटेकको ४ करोड तथा अस्ट्राजेनेका र अक्सफोर्ड विश्वविद्यालयको १० करोड डोज खोप लिने सम्झौता गरिसकेको छ । सरकारले ७ विभिन्न कम्पनीका कुल ३५ करोड ७० लाख डोज खोप सुरक्षित गरिसकेको छ । कान्तिपुर दैनिक