३० फाल्गुन २०८१, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

विद्युत व्यापारको पहिलो सम्भावना भारत नै हो: वर्षमान पुन



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं पूर्वमन्त्री वर्षमान पुनले विद्युत व्यापारको पहिलो सम्भावना भारत रहेको बताउनुभएको छ ।

मंगलवार उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयमा पूर्वउर्जामन्त्रीहरुसँगको छलफलका क्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले भारतपछि दोस्रो सम्भावना बंगलादेश रहेको र सोहीअनुसार सरकारले आफ्ना योजनाहरु अघि बढाउनुपर्ने बताउनु भयो । उहाँले बंगलादेशमा विद्युत निर्यातका लागि अबको भूराजनीतिक अवस्थाले पनि प्रभाव पार्ने बताउनु भयो । उहाँले वर्तमान सरकारले भारतलाई हेर्ने दृष्टिकोणका आधारमा नेपालले पनि आवश्यक कदम चाल्नुपर्ने बताउनु भयो । विगतको बंगलादेशको सरकार र भारतको सम्बन्ध राम्रो रहेको तर अहिलेको सरकारले भारतसँग कस्तो सम्बन्ध राख्छ भन्नेकुराले ट्रान्समिसन लाइनका लागि बाटो दिने वा नदिने भन्ने बारेमा महत्व राख्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘विद्युत व्यापारको सम्भावना भारत नै हो । त्यसपछि दोस्रो सम्भावना भनेको बंगलादेश नै हो । बंगलादेश असाध्यै सम्भावना थियो । तर अबको भूराजनीतिक स्थिति के हुन्छ थाहा छैन । पहिला भारतसँग सहकार्य राम्रो गरेको सरकार थियो र राम्रै थियो । अब त्यति सजिलो हुन्छ की हुँदैन थाहा छैन । हामीले त्यो पनि हेर्नुपर्छ । किनभने हाम्रो इच्छाले जरुरी छ भनेर लगिहाल्ने होइन । जसरी सजिलै उहाँहरुले हाम्रो ट्रान्समिसन प्रयोग गर्न दिने, निर्यात गर्न दिने हुन्छ की हुँदैन । चीनतिरको धेरै जरुरी देखिँदैन । तिब्बत क्षेत्रमा लैजान सक्नुहुन्छ ।’

उपमहासचिव पुनले विद्युत विधेयकमा प्रतिपक्ष र सत्तापक्ष भन्ने भन्दा पनि आवश्यक मागहरु सम्बोधन गर्नेकगरी काम गर्नुपर्ने बताउनु भयो ।