२३ फाल्गुन २०८१, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

पछिल्लो समय सेयर बजार बढ्नुको रहस्य…



symbolic photo
अ+ अ-

काठमाडौं । धितोपत्र बजारले बुलिसको यात्रा तय गर्दै नेप्से २ हजार नाघ्दा नेपाल धितोपत्र बोर्डले संयमित भएर लगानी गर्न आग्रह गरेको छ भने प्राथमिक बजारमा १७ ओटा कम्पनीका आईपीओ आउँदैछ । सेयर मार्केटको दोस्रो बजारमा कारोबार रकम र परिसूचकले सँगै उचाइ लिइरहँदा प्राथमिक बजारमा ५ अर्ब रुपैयाँबराबरको नयाँ सेयर आउन लागेको हो । प्रतिकित्ता १ सय रुपैयाँका आधारमा यो ४ अर्ब ८९ करोड रुपैयाँभन्दा बढीको हुनेछ । नेपाल धितोपत्र बोर्डमा आईपीओ अनुमतिका लागि आवेदन दिएका १५ र अनुमति पाइसकेका २ गरी कुल १७ कम्पनीले ४ करोड ८९ लाख कित्ताभन्दा बढीको आईपीओ जारी गर्न लागेका हुन् ।

१० वटा जलविद्युत् कम्पनी, ३ अन्य समूह, एउटा लघुवित्त र एक मर्चेन्ट बैंकका कुल ४ करोड ३० लाख ३२ हजार ८ सय ३६ कित्ता सेयर पाइपलाइनमा रहेको छ । धितोपत्र बोर्डसँग आईपीओनिष्कासनका लागि अनुमति माग्नेमा अधिकांश कम्पनी जलविद्युत् समूहका रहेका छन् । दोस्रो बजार बुलिस ट्रेन्डमा माथि उक्लिरहँदा मंगलबार भने नेप्से करेक्सन मुडमा गएको छ । नेपाल धितोपत्र बोर्डले अध्ययन र अनुसन्धानसहित संयमित भएर लगानी गर्न आग्रह गरेलगत्तै नेप्सेमा केही करेक्सन भएको हो । मंगलबार निकै उतारचढावबीच नेप्से परिसूचक २ हजार दशमलव ४० बिन्दुमा पुगेर बन्द भएको छ । मंगलबार बजार १ हजार ९६५ दशमलव ६८ बिन्दुसम्म झरेको थियो । सोमबार १ हजार ९९७ दशमलव शून्य ५ बिन्दुमा बन्द भएको बजार मंगलबार २ हजार ९ दशमलव ४६ बिन्दुदेखि खुला भएको थियो ।

मंगलबार बजार २ हजार २२ दशमलव २६ बिन्दुसम्म पुगेर तल झरेको हो । यो दिन सोमबारको तुलनामा भने बजार ३ दशमलव ३५ अंक माथि उक्लिएको छ । नेप्से परिसूचक सामान्य अंकले बढे पनि मंगलबार ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स भने १ दशमलव ७७ अंकले घटेर ३८३ दशमलव ७९ बिन्दुमा झरेको छ । पछिल्लो १४ दिनको कारोबार अवधिलाई हेर्ने हो भने एक दिन मात्र बजार घटेको छ बाँकी दिन बढेको छ । बोर्डले सोमवार विज्ञप्ति जारी गरेपछि नेप्सेमा उतारचढावभएकोमा लगानीकर्ताले नियामक निकायप्रति आक्रोशसमेत पोखेका छन् । मंगलबार अघिल्लो कारोबार दिनको भन्दा परिसूचकमा वृद्धि भएपनि कारोबार रकम भने कम भएको छ ।

मंगलबार७अर्ब ४० करोड ४१ लाख ५४ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको हो । मंगलबार १९७ कम्पनीको ६७ हजार ३५५ पटकको व्यापारमा सो रकमबराबरको १ करोड ८५ लाख ७६ हजार ७०८ कित्ता सेयर कारोबार भएको हो । सोमबार ८ अर्ब ८६ करोड ७७ लाख १४ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको थियो । यो दिन नेपाल पुनर्बिमा कम्पनीको सर्वाधिक रकमको कारोबारसँगै सर्वाधिक मूल्य वृद्धि भएको छ । कम्पनीको ६५ करोड ७९ लाख ८८ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको हो । सर्वाधिक रकमको कारोबार गरेको यस कम्पनीको सेयरमूल्य पनि सर्वाधिक ९ दशमलव ९७ प्रतिशतले बढेको छ । प्रतिकित्ता १४५ रुपैयाँले बढेको कम्पनीको अन्तिम सेयरमूल्य १ हजार ५९९ रुपैयाँपुगेको छ । 

नेपाल पुनर्बिमा कम्पनीसँगै मंगलबार रसुवागढी हाइड्रोपावर, अपर तामाकोसी, नेपाल दूरसञ्चार कम्पनी र साञ्जेन जलविद्युत् कम्पनीको सेयरमूल्य पनि ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । रसुवागढी हाइड्रोको ९ दशमलव ९६ प्रतिशतले बढेर अन्तिम मूल्य २७६, अपर तामाकोसीको ९ दशमलव ८५ प्रतिशत बढेर अन्तिम मूल्य ३५७, नेपाल दूरसञ्चार कम्पनीको ९ दशमलव ७१ प्रतिशत बढेर अन्तिम मूल्य १ हजार १७५ र साञ्जेन जलविद्युत्को ९ दशमलव ६५ प्रतिशत बढेर अन्तिम मूल्य २५० रुपैयाँपुगेको हो । मंगलबारग्रिन डेभलपमेन्ट बैंकको सेयरमूल्य सर्वाधिक ७ दशमलव ७३ प्रतिशतले घटेको छ । यस बैंकको सेयरमूल्य प्रतिकित्ता १४ ले घटेर अन्तिम मूल्य १६७ रुपैयाँमा झरेको हो ।

मंगलबार ३७ कम्पनीको सेयरमूल्य बढेको छ भने १२८ वटा कम्पनीको सेयरमूल्य घटेको छ। यस्तै,७ कम्पनीको सेयरमूल्यमा भने कुनै परिवर्तन भएन। लगानीकर्ताका लागि मनोवैज्ञानिक रेखा मानिने २ हजार बिन्दुमै नेप्से अडिएपछि लगानीकर्ता थप उत्साहित बनेका छन् । बजारले अब अर्को उचाइ लिने विश्लेषण भइरहेका छन् । किनभने नेप्सेले यसअघिको अल टाइम हाइ १८८१ लाई सजिलै पार गरेर नयाँ ऐतिहासिक बिन्दुतिर अघि बढिरहेको छ ।

नेप्सेले चार वर्ष लामो वियरिस यात्रा पार गरिसकेको छ । सोही कारण पनि अब बुलिस प्रवृत्तिमा बजार अघि बढेको विश्लेषण हुन थालेको छ । बजार बुलिस क्रममा रहँदा लगातार भाउ वृद्धि भइरहनुलाई स्वभाविक मानिन्छ । अनलाइन प्रविधि प्रयोगका कारण लगानीकर्तालाई सेयर खरिदबिक्रीमा निकै सजिलो भएको कारणले पनि नेप्से बुलिस ट्रेन्डमा गएको एक पक्षको भनाइ छ । अर्को पक्ष भने लगानीका अन्य क्षेत्र सुस्ताएकाले पनि लगानीकर्ताको आकर्षण यतातिर देखिएको हो । ब्रोकरलाई दिइएको नेटिङको सुविधाले पनि कारोबारमा उमंग ल्याउन सहयोग पुगेको हो । खरिद र बिक्री दुवैको हिसाब मिलाएर कारोबारको सेटलमेन्ट गर्ने सुविधा ब्रोकरलाई छ । यसैगरी, बैंकहरूले सहजरूपमा सेयर कर्जा दिइरहेका छन् ।

मंगलबारबैंकिङ समूहमा भने लगानीकर्ताको आकर्षण बढ्न सकेन ।गत आइतबार बैंकिङमा लगानीकर्ताको आकर्षण बढेको भए पनि त्यसपश्चात् बैंकिङ समूह पुनः सेलाएको छ।मंगलबारको बजारको अवस्थालाई लगानीकर्ताले सहज रूपमै लिएका छन् । पाँच दिनमै बजार २ सय अंक बढेको थियो, मंगलबार घट्नुलाई स्वाभाविक मानिएको छ । दोस्रो बजार बढिरहँदा प्रभु लाइफ इन्स्योरेन्स र चन्द्रागिरि हिल्सले भने आईपीओ जारी गर्न अनुमति पाइसकेका छन् । चन्द्रागिरिले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयलाई १७मंसिरदेखि आईपीओ जारी गर्न मिति पनि तोकेको छ । यस्तै, प्रभु लाइफले पनि ६० लाख कित्ता आईपीओ बिक्री गर्न अनुमति पाएको छ । राजधानी दैनिक