२३ फाल्गुन २०८१, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

थापाथली प्रसूतिगृहबाट ३० हजार महिलाले सेवा लिए



अ+ अ-

काठमाडौँ । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले आर्थिक वर्ष २०८०/८१ मा कुल ३० हजार नौ सय ५२ महिलाले सेवा लिएका छन् । प्रसूतितर्फ २५ हजार एक सय १६ तथा स्त्री रोगतर्फ पाँच हजार आठ सय ३६ जनाले अस्पतालबाट सेवा लिएका थिए ।

अस्पतालले आज ६५औँ वार्षिकोत्सव मनाएको छ । सो अवसरमा यहाँ आयोजना गरिएको कार्यक्रममा अस्पतालका निर्देशक डा श्रीप्रसाद अधिकारीले गत आवमा नवजात शिशु सघन उपचारतर्फ दुई हजार सात सय ८७ र मातृ सघन उपचारतर्फ चार सय ५४ जना भर्ना भएका जानकारी दिनुभयो । बहिरङ्ग सेवातर्फ एक लाख ९४ हजार चार सय ९० जनाले सेवा लिएको उहाँले बताउनुभयो ।

विसं २०१६ भदौ १० गते श्री कृष्ण जन्माष्टमीको दिनमा ४० शय्याबाट स्थापना भएको उक्त अस्पतालमा हाल चार सय ८९ शय्या सञ्चालनमा छन् । निर्देशक डा अधिकारीले अस्पतालको वार्षिक गतिविधि बारे प्रकाश पार्दै प्रसूतितर्फ भर्ना भएका २५ हजार एक सय १६ मध्ये २२ हजार तीन सय ७९ जना प्रसूति डेलिभरी भएको उल्लेख गर्दै उनीहरुले २२ हजार ६ सय १३ शिशुलाई जन्म दिएको बताउनुभयो ।

उहाँले भन्नुयो, “कूल डेलिभरीमध्ये नौ हजार ६ सय ५२ जना (४३ प्रतिशत) को शल्यक्रिया गरिएको थियो । सो सङ्ख्या गत आवको तुलनामा चार प्रतिशतले बढी हो ।” गत आवमा नौ हजार ११ नि:सन्तान सम्बन्धी सेवग्राहीले ओपिडिबाट सेवा लिएका थिए । जसमध्ये दुई सय २२ महिलाले आइयुआई सेवा र २० नि:सन्तान सेवाग्राहीले आईभिएफ सेवा लिएका थिए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पहलमा नेपालमा नै पहिलोपटक ‘नियोनेटल स्क्रिनिङ टेष्ट’को कार्य सो अस्पतालमा यही साउन २९ गतेदेखि सुरुआत गरिएको छ । साथै अस्पतालले हालै मानसिक स्वास्थ्य सेवा समेत सुरु गरेको छ । वार्षिकोत्सवको अवसरमा जन्मिएदेखि ४५ दिनसम्म, ४५ दिनदेखि ६ महिनासम्म र ६ महिनादेखि एक वर्षसम्मका स्वस्थ शिशुलाई पुरस्कृत गरिएको थियो ।रासस