२३ फाल्गुन २०८१, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

जुनसुकै शक्ति लागे पनि नेकपा फुट्दैनः मुख्यमन्त्री भट्ट



अ+ अ-

डोटी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जस्तोसुकै परिस्थितिमा पनि नफुट्ने दाबी गर्नुभएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) डोटीले जिल्लाको दिपायलमा मंगलबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्नुहुँदै मुख्यमन्त्री भट्टले जुनसुकै शक्ति लागे पनि नेकपा नफुट्ने बरु थप मजबुत भएर जाने बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘अहिले चलिरहेको बहसले पार्टी नफुट्ने बरु थप सशक्त तथा एक ढिक्का भएर जानेछ ।’ उहाँले पार्टी कुनै पनि हालतमा नफुट्ने दाबी गर्नुभयो । अहिले पार्टीभित्रको विवादका विषयमा छलफल र बहस भइरहेकाले पार्टी फुटिहाल्ने कुरा गर्नु गलत भएको बताउँदै उहाँले पार्टीमा बहस हुँदैमा पार्टी विभाजन भइहाल्छ भन्ने प्रचार गर्नु गलत भएको बताउनुभयो । प्रतिपक्ष तथा सरकार ढलाउन खोज्ने कुतत्वहरुले अहिले सरकार फेर बदल हुने तथा कम्युनिस्टहरुको एकता टुट्दै छ भन्ने हल्ला फिँजाएको र त्यस्ता हल्लाका पछि नलाग्नसमेत उहाँले आग्रह गर्नुभयो ।

सोही कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा पूर्व संघीय सांसद हर्कबहादुर सिंहले कम्युनिस्ट पार्टीको एकता भङ्ग गराउन अन्यत्रबाट षड्यन्त्र भइरहेकाले त्यो षड्यन्त्र कुनै हालतमा सफल नहुने बताउनुभयो । उहाँले भन्नुभयो– ‘नेकपाले गरेको विकासका काम सहन गर्न नसकेर पार्टी एकता विभाजन गराउन खोज्नेहरूले षड्यन्त्र गरेका छन्, उनीहरुको योजना कुनै हालतमा सफल हुने छैन ।’ नेपाल समाचारपत्र दैनिक