
काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसँग बयान लिने भएको छ ।
सुर्यदर्शन, सानोपाइला लगायत सहकारीको बचत रकम लामिछाने र गोर्खा मिडियामा गएको सन्दर्भमा सोधपुछका लागि पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री समेत रहेका लामिछानेलाई शुक्रबार बयानका लागि बोलाइएको हो ।
समितिका सभापति सूर्य थापाका अनुसार लामिछानेलाई गोरखा मिडिया नेटवर्कको प्रबन्ध निर्देशकको हैसियतमा बयानका लागि बोलाइएको हो ।
लामिछानेलाई भोलि दिउँसो २ बजे बयान लिने समितिको तयारी छ ।