२२ फाल्गुन २०८१, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

प्रहरीलाई नै छलेर बालिकाको बलात्कारपछि हत्या गरेका किशोर फरार



अ+ अ-

धनगढी। बझाङमा तीन महिनाअघि एक १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको अभियोगमा कारागार चलान भएका व्यक्ति फरार भएका छन् । गत असोजमा जिल्लाको मष्टा गाउँपालिकाकी १२ वर्षीया सम्झना बिकको हत्या अभियोगमा पक्राउ परी पुर्पक्षका लागि कारागार चलान भएका सोही गाउँपालिकाका १६ वर्षीय राजेन्द्र बोहरा फरार भएका हुन् ।

बोहरालाई डोटीस्थित बाल सुधार गृहमा राखिएको थियो । बाल सुधार गृहमा रहेका बोहरालाई कोरोना संक्रमण देखिएपछि जिल्ला अस्पताल डोटीको आइसोलेसनमा राखिएको थियो ।अस्पतालको आइसोलेसनमा रहेका बोहरा त्यहीबाट भागेर फरार भएको डोटी प्रहरी प्रवक्ता डीएसपी इन्द्रबहादुर मल्लले बताए । कोरोना संक्रमणपछि आइसोलेसनमा रहेका बोहराको निगरानीको लागि आइसोलेसन बाहिर प्रहरी तैनाथ रहेका भएपनि प्रहरीलाई छलेर बोहरा भाग्न सफल भएको घटनालाई शंकास्पद रहेको छ ।

बोहरा आइसोलेसनबाट भागेर फरार भएपछि खोजी भइरहेको डीएसपी मल्लको भनाई छ । बालिकाको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ बोहरालाई जिल्ला अदालत बझाङले पुर्पक्षका लागि कारागार चलान गरेको थियो । तर, उमेर कम भएका कारण उनलाई बाल सुधार गृह डोटीमा राखिएको थियो । राजधानी दैनिक