१७ बैशाख २०८२, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

नोएरले लिए अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यास



अ+ अ-

काठमाडौँ । जर्मन गोलकिपर म्यानुएल नोएरले अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यास लिएका छन् ।

३८ वर्षीय नोएरले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै अन्तर्राष्ट्रिय खेल जीवनलाई टुंगाउने घोषणा गरेका हुन् ।

‘१५ वर्षभन्दा बढी र १२४ अन्तर्राष्ट्रिय खेलपछि आज जर्मन राष्ट्रिय टोलीसँग मेरो करियरको अन्त्य भएको छ ।’ उनले भनेका छन् । ‘मलाई चिन्ने जो कोहीले बुझ्छन् कि मैले यो निर्णय हल्का रूपमा लिएको छैन । म शारीरिक रूपमा राम्रो महसुस गर्छु । र पक्कै पनि संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोमा २०२६ को विश्वकप निकै लोभलाग्दो थियो । यद्यपि, मेरो परिवार र साथीहरूसँग धेरै विस्तृत र लामो छलफलपछि, मैले निर्णय गरेँ कि अब राष्ट्रिय टोलीसँगको यात्रा बन्द गर्ने सही समय हो ।’

‘म विशेष गरी तपाईलाई धन्यवाद दिन चाहन्छु, प्रिय प्रशंसकहरू, मलाई वर्षौंदेखि समर्थन गर्नुभएकोमा । मलाई राष्ट्रिय टोलीको जर्सी लगाउन मन पर्थ्यो ।’ उनले भनेका छन् ।

नोएरले २ जुन २००९ मा जर्मनबाट डेब्यु गरेका थिए । उनले जर्मनबाट १२४ खेल खेलेका छन् । २०१४ को विश्वकप जित्दा जर्मन टोलीको हिस्सा रहेका उनी उक्त प्रतियोगितामा उत्कृष्ट गोलकिपर बन्दै गोल्डेन ग्लोभ समेत जितेका थिए ।

यद्यपि, नोएरले क्लब फुटबललाई भने जारी राख्नेछन् । २०११ देखि बायर्न म्युनिखमा रहेका उनले सो क्लबबाट ३४५ खेल खेलेका छन् ।