२२ फाल्गुन २०८१, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको ७ अर्बभन्दा बढि खर्चमा ४६ हजार २ सय ७० घर पुनर्निर्माण



अ+ अ-

काठमाडौँ । साउनयता पुनर्निर्माणमा ७ अर्ब ८४ करोड ७२ लाख रुपैयाँ खर्च भएको छ । उक्त रकम पुनर्निर्माणको समग्र खर्च रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । यस अवधिमा ४६ हजार २ सय ७० घर पुनर्निर्माण भएका छन् । किस्ता बुझेर घर बनाउने क्रम जारी रहेको प्राधिकरणको भनाइ छ । आर्थिक वर्ष २०७७/७८ को चौमासिक तथ्यांकअनुसार २७ विद्यालय र १२ वटा पुरातात्त्विक सम्पदा पुनर्निर्माण भएका छन् । साउनदेखि कात्तिकसम्म ६ हजार ६ सय लाभग्राहीले दोस्रो किस्ता लिएका छन् । ५ हजार १ सय १४ जनाले तेस्रो किस्ता बुझेको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले जानकारी दिए ।

६ सय ८५ ले प्रबलीकरण लाभग्राहीका रूपमा अनुदान सम्झौता गरेको उनले बताए । यसमध्ये ४ सय ५० ले पहिलो किस्ताका रूपमा ५० हजार रुपैयाँ बुझेको प्राधिकरणले जनायो ।पहिला नै लाभग्राही कायम भएका समेत गरी १ हजार ३ सय ५० जनाले अनुदानका लागि सम्झौता गरेका छन् । सबैको चासो रहेको रानीपोखरीको पुनर्निर्माणको काम सकिएको छ । सबैको नजर पुग्ने धरहराको भने पुनर्निर्माण जारी छ । अहिले १९ तलासम्मको ढलान सकिएको प्राधिकरणले जनायो । समीक्षा बैठकमा शुक्रबार प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सक्रिय रूपमा प्राधिकरणको काम गर्ने अवधि साढे सात महिनाभन्दा कम रहेको उल्लेख गरे ।

तोकिएका लक्ष्य हासिल गर्न सबै लागिपर्नुपर्नेमा उनले जोड दिए । त्यस्तै भूमिहीन लाभग्राही १ हजार ४ सय ४८ जना छन् । जसलाई बसिरहेकै ठाउँमा घर बनाउन स्वीकृति दिइएको छ । ७७ जनालाई जग्गा खरिद गर्न प्रतिलाभग्राही २ लाख रुपैयाँका दरले अनुदान उपलब्ध गराउने निर्णय भएको सहप्रवक्ता घिमिरेले जानकारी दिए । निजी आवास पुनर्निर्माणको काम ९३ प्रतिशत सम्पन्न हुने क्रममा छ । ७१ प्रतिशत सम्पन्न भइसकेको छ । २२ प्रतिशत निर्माणाधीन छ । आगामी पुस १० मा प्राधिकरणको समय सकिँदै छ । मंसिर १५ मा बसेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणको म्याद एक वर्ष थप्ने निर्णय गरेको छ ।

‘प्राधिकरणको समय थप्ने निर्णय भएको छ,’ उनले भने, ‘तर आधिकारिक रूपमा पत्र आइसकेको छैन ।’ भूकम्पपछि क्षति पुगेका २० वटा स्थानीय स्तरका सडकको ३ सय ५ किलोमिटरमध्ये विभिन्न चरणका काम भइरहेको प्राधिकरणले जनाएको छ । १८ हजार २ सय २१ जनाले पुनरावेदन गरेका पत्र पुनरावेदन समितिमा दर्ता भएका छन् । १ हजार ३ सय ६८ वटा निवेदनको फैसला भइसकेको छ । लाभग्राही सूचीमा परेका ८ लाख ३४ हजार ९ सय २१ मध्ये ७ लाख ९१ हजार ७ सय ६७ जनाले मात्र रकम सम्झौता गरेका छन् । तथ्यांकअनुसार ४३ हजार १ सय ५४ जनाले अनुदान सम्झौता गरेको देखिँदैन । त्यस्तै ६ हजार ८ सय १७ जनाले अनुदान सम्झौता गरे पनि पहिलो किस्ता बुझेका छैनन् । अहिलेसम्म ७ लाख ८४ हजार ९ सय ५० जनाले पहिलो किस्ता बुझेका छन् ।

६ लाख ७७ हजार ९४ जनाले दोस्रो किस्ता बुझेका छन् । तर पहिलो किस्ता बुझेर पनि दोस्रो किस्ता नबुझ्नेको संख्या १ लाख ७ हजार ८ सय ५६ छ । अहिलेसम्म तेस्रो किस्ता बुझ्नेको संख्या ६ लाख ५ हजार ८३ छ । जसमा दोस्रो किस्ता बुझेर तेस्रो किस्ता नबुझ्नेको संख्या ७२ हजार ११ छ । पहिलो किस्ता लिइसकेका सबै लाभग्राहीले घर निर्माण सुरु गरी दोस्रो किस्ता लिन २०७७ माघ मसान्त, तेस्रो तथा अन्तिम किस्ताका लागि २०७८ वैशाख मसान्तसम्म सम्बन्धित स्थानीय तहमा प्रमाणीकरणका लागि निवेदन दिनुपर्नेछ । कान्तिपुर दैनिक