२९ फाल्गुन २०८१, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

संविधान संशोधन दुई दलीय व्यवस्था कायम गर्नका लागि भए सह्य हुँदैन: सांसद भुसाल



अ+ अ-

 

काठमाडौँ । राष्ट्रिय सभामा नेकपा (एकीकृत समाजवादी) सांसद डा वेदुराम भुसालले समानुपातिक समावेशी सहभागितामुलक लोकतान्त्रिक प्रणाली तोड्न, भत्काउनका निम्ति संविधान संशोधन गर्नेकुरा सह्य नहुने बताउनुभएको छ ।

आईतवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले संविधान संशोधनका चर्चा धेरै भइरहेको भन्दै संविधान संशोधन गर्ने शर्तमा नयाँ गठबन्धन बनाइएको बताउनु भयो । उहाँले संविधान असंशोधनीय दस्ताबेज नभएको तर संशोधन के उद्देश्यले गर्ने रु कस्तो संशोधन गर्ने रु केका निम्ति संशोधन गर्ने ?  भन्ने प्रश्न रहेको बताउनु भयो । उहाँले दुई दलीय व्यवस्था कायम गर्नका निम्ति संशोधन भए स्वीकार्य नहुने चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘अनियमितता बढेर गएका छ । बेरुजु बढेर गएको छ । अनियमितता बढेर गएको छ भन्नुको मतलव भ्रष्टचार बढेर गएको छ । यसलाई नियन्त्रण गर्न सकिएको छैन । यसमा सरकारले गम्भीरतापूर्वक ध्यान दिओस् । अहिले संविधान संशोधनका खुब चर्चा हुने गरेका छन् । संविधान संशेधन गर्ने शर्तमा नयाँ गठबन्धन बनाइयो दुई दलको बीचमा सहमति गरेर भन्ने पनि आएको छ । हाम्रो संविधान असंशोधनीय दस्ताबेज होइन । संशोधन हुनसक्छ । तर संशोधन के उद्देश्यले गर्ने रु कस्तो संशोधन गर्ने ?केका निम्ति संशोधन गर्ने ? के अहिले भनिए जस्तै दुई दलीय व्यवस्था कायम गर्नका निम्ति संशोधन हो ?समानुपातिक समावेशी सहभागितामुलक लोकतान्त्रिक प्रणाली तोड्न, भत्काउनका निम्ति हो । यदी यसो हो भने यो स्वीकार्य हुनेछैन । यसलाई कुण्ठित गर्नेकुरा सहन सक्दैनौँ । दुई दलका बीचको सहमति राष्ट्रिय सहमति हुन सक्दैन ।’

सांसद भुसालले दुई दलबीचको सहमतिले संविधानका मुलभुत मान्यताहरुमाथि प्रहार गर्न नपाइने बताउनु भयो । उहाँले भ्रष्टाचार बढेर गएको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भयो ।