२२ फाल्गुन २०८१, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

काठमाडौं महानगरलाई उपहार पेश गर्दै ल्हासा भन्छ- ‘हिमालयले जोडिएका हामी दुई नगर आपसको हित चिताउँछौं’



अ+ अ-

काठमाडौं । चीनको तिब्वत स्वशाशित क्षेत्रमा रहेको भगिनी सहर ल्हासाबाट काठमाडौं महानगरलाई २ थान कम्प्रेस्ड गारवेज ट्रक प्राप्त भएका छन् । असोज १ गते ट्रक उपहार दिने पत्र लेख्दै ल्हासा नगरले भनेको छ–नदी र हिमालयले जोडिएका हामी दुई नगर आपसको हित चिताउँछौं । हामी काठमाडौंको वातारण सफा र स्वच्छ होस । सरसफाइ राम्रो होस भन्ने चाहन्छौं । त्यसैले २ वटा कम्प्रेस्ड गारवेज ट्रक उपहार पठाएका छौं ।

ट्रक प्राप्त भएपछि काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले महानगर र महानगरबासीकातर्फबाट ल्हासा नगर र त्यहाँका जनताप्रति आभार व्यक्त गर्नुभएको छ । २०७६ सालको इन्द्रजात्रा अवलोकन गर्न हामीले दिएको निमन्त्रणा स्वीकार गरेर ल्हासा नगरका मेयर गुहेओ आउनुभएको थियो । ल्हासा नगरबाट गारवेज ट्रक प्राप्त हुनुको पृष्ठभूमी उल्लेख गर्दै मेयर शाक्यले भन्नुभयो– ‘ल्हासा नगरका मेयर गुहेओले त्यसबेलाको भेटमा काठमाडौंको सरसफाइका लागि कम्प्रेस्ड गारवेज ट्रक दिने बताउनु भएको थियो । त्यसै बमोजिम उहाँले २ थान उपहार पठाउनुभएको हो । यसप्रति म व्यक्तिगत रुपमा पनि ल्हासा नगर र त्यहाँका जनताप्रति आभार व्यक्त गर्दछु ।’

उक्त ट्रकको मूल्य १० लाख ६० हजार युआन (करीब १ करोड ९० लाख रुपैयाँ) हो । ल्हासाबाट सडक मार्गबाट ल्याइएका ट्रकहरु मंसिर १४ गते साँझ खासा मितेरी पुल ल्याइ पुर्याइएको थियो । १५ गते ल्हासा नगरको अन्तरराष्ट्रिय मामिलाका अधिकारीले काठमाडौं महानगरको अन्तरराष्ट्रिय सम्बन्ध सचिवालयलाई हस्तान्तरण गरेका थिए । त्यस अवसरमा अन्तराष्ट्रिय सम्बन्ध सचिवालयका अधिकृत यम बसेल, वित्त विभागबाट उपनिर्देशक प्रवीण प्याकुरेल, विपद् व्यवस्थापन बिभाग नगर प्रहरी नायव उपरीक्षक विष्णु जोशी, चालक बलराम चचामु र दीपक वैष्णव हुनुहुन्थ्यो । ती ट्रकहरु मंसिर १६ गते काठमाडौं ल्याइपु¥याइएका हुन् ।

महानगरका प्रमुख शाक्यले ट्रकको साँचो यन्त्र तथा उपकरण महाशाखा प्रमुख पुरुषोत्तम शाक्यलाई हस्तान्तरण गर्नुभएको छ । त्यसअघि अन्तराष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख महेश काफ्लेले प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीलाई र प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले मेयर शाक्यलाई ट्रकको साँचो हस्तान्तरण गर्नुभएको थियो ।

१ सय ९० हर्ज पावरको इञ्जिन भएको ट्रक ८ गेयरमा चल्छ । ७ हजार २ सय ५ किलोग्राम फोहोर कम्प्रेस गरेर बोक्नु यसको मुख्य विशेषता हो । संकलित फोहोरलाई पछाडिको वकेटमा राखेपछि मेसिनले फोहोरलाई विस्तारै उचाल्न थाल्छ । त्यसपछि कम्प्रेस्ड मेसिनबाट फोहोर खाँदिन थाल्छ । यसको क्षमता पूरा भएपछि आफैं आवाज दिन थाल्छ । नेपाल समाचारपत्र दैनिक