१८ बैशाख २०८२, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

भारतले महिला टी–२० विश्वकप आयोजना नगर्ने, बंगलादेशको प्रस्ताव अस्वीकार



अ+ अ-

एजेन्सी । बंगलादेशको राजनीतिक अस्थिरताका कारण भारतमा प्रतियोगिता आयोजना गर्ने आईसीसीको प्रस्तावलाई बीसीसीआईले अस्वीकार गरेपछि भारतले महिला टी–२० विश्वकप आयोजना नगर्ने पक्का भएको छ ।

बीसीसीआई सेक्रेटरी जय शाहले बिहीबार मुम्बईस्थित टाइम्स अफ इन्डियाको कार्यालयमा दिएको अन्तर्वार्तामा भने, ‘हामी अर्को वर्ष महिला एकदिवसीय विश्वकप आयोजना गर्दैछौँ । यस्तो अवस्थामा हामी लगातार विश्वकप आफ्नै घरमा गर्न चाहन्छौं भन्ने सङ्केत दिन चाहँदैनौं ।’

जय शाहले बंगलादेश क्रिकेट बोर्डले अक्टोबरमा भारतमा महिला टी–२० विश्वकप आयोजना गर्ने प्रस्ताव भारतले अस्वीकार गरेको बताए । महिला टी–२० विश्वकप अक्टोबर ३ देखि अक्टोबर २० सम्म बंगलादेशमा हुने तय भएको छ ।

बंगलादेशमा अहिले राजनीतिक अस्थिरता छ । यस्तो अवस्थामा बंगलादेशमा हुने महिला टी–२० विश्वकपमा संकटको बादल मडारिरहेको छ । यसैबीच बंगलादेश क्रिकेट बोर्डले भारतीय क्रिकेट कन्ट्रोल बोर्डलाई भारतमै आयोजना गर्न विकल्प खोज्न अनुरोध गरेको थियो ।