२ चैत्र २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

जीबी राईमाथि अनुसन्धान गर्न प्रहरीको टोलीलाई मलेसिया पठाउने तयारी



अ+ अ-

काठमाडौं । सहकारी ठगी प्रकरणमा फरार रहेका गितेन्द्रबाबु राई (जीबी) राईमाथि अनुसन्धान गर्न नेपाल प्रहरीको टोली मलेसिया पठाउने तयारी गरिएको छ ।

मलेसियामा रहेका राईलाई नेपाल फिर्ता ल्याउन नसकिएपछि नेपाल प्रहरीको टोली नै मलेसिया पठाउन लागिएको हो ।

यसको लागि नेपाल प्रहरीले दुई सदस्य प्रहरीको अनुसन्धान टोलीलाई मलेसिया पठाउन सहजीकरण गरिदिन गृह मन्त्रालयलाई पत्रचार गरेको छ ।

प्रहरी प्रधान कार्यालयले अनुसन्धान टोलीलाई मलेसिया पठाउन तीन महिनाअघि नै पहल गरेको थियो । तर, सरकार परिवर्तनले यो प्रकृया बीचमै रोकिएको नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवरले जानकारी दिए । ‘हामीले तीन महिनाअघि पत्राचार गरेका थियौँ । त्यो अहिले अगाडि बढेको हो’, उनले भने ।

राईविरुद्ध यसअघि नै इन्टर पोलबाट रेड नोटिस जारी भएपनि नेपाल सरकारले उनलाई फिर्ता ल्याउन सकेको छैन । उनी मलेसियामा व्यवस्थितरूपमा बसिरहेको नेपाल प्रहरीको निष्कर्ष छ ।

राई सुर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष हुन् । उक्त सहकारीले बचतकर्ताको १ अर्ब ११ करोड ३४ लाख ४३ हजार रुपैयाँ हिनामिना गरेको भन्दै सहकारीका पदाधिकारी विरुद्ध प्रहरीमा जाहेरी परेको थियो ।

सहकारी ठगिबारे छानबिन गर्न सूर्य थापाको संयोजकत्वमा बनेको संसदीय छानबिन समितिले पनि जीबीसहित १८ जनालाई नेपाल ल्याउनुपर्ने भन्दै गृहलाई पत्राचार गरेको थियो ।