२२ फाल्गुन २०८१, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

अध्यक्षद्वय ओली–प्रचण्डबीचमा संवाद गराउने गृहकार्य



अ+ अ-

काठमाडौं । पार्टीभित्रको विवाद उत्कर्षमा पुगेसँगै सचिवालयमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन स्थायी समिति बैठकमा पेस भएको छ । दुवै अध्यक्षको प्रतिवेदन अध्ययन गर्न स्थायी समिति सदस्यलाई सात दिनको समय दिएर शीर्ष तहमा भने सहमतिको खोजी शुरु भएको छ । दोस्रो तहका नेताहरु पार्टीभित्र जारी आन्तरिक विवाद समाधान गर्न अध्यक्ष ओली–प्रचण्डबीचमा संवाद गराउने गृहकार्यमा जुटेका छन् । प्रतिवेदन अध्ययन गर्न सात दिनको समय दिएर यसबीचमा सहमतिको प्रयास अगाडि बढेको छ ।

स्थायी समिति बैठकमा अध्यक्ष ओली सहभागी नभए पनि पत्रमार्फत बैठकलाई सम्बोधन गरेसँगै बैठकले वैधानिकता पाइसकेको छ । यही मंसिर २८ गतेबाट स्थायी समिति बैठकमा नेताहरुले आ–आफ्नो धारणा राख्ने क्रम शुरु हुनेछ । नेकपाका स्थायी समिति सदस्य देवेन्द्र पौडेल पार्टीभित्र देखापरेको समस्या समाधान हुने बताउनुहुन्छ । स्थायी समितिको बैठकमा बहुमत सदस्यहरुको भनाइलाई आधार बनाएर निष्कर्ष निकालिने बताउँदै उहाँले विवाद समाधानका लागि बैठकले निर्णायक भूमिका निर्वाह गर्ने बताउनुभयो ।

सोमबार मात्र देवेन्द्र पौडेलसहितका नेताहरुले शीर्ष नेताहरुसँग भेटवार्ता गरेर जारी विवादको निकास निकाल्न भूमिका खेल्न आग्रह गरेका छन् । स्थायी समिति बैठकलाई सम्बोधन गर्दै लेखेको पत्रमा अध्यक्ष ओलीले गत भदौ २६ गते स्थायी समिति बैठकले गरेको निर्णय कार्यान्वयन गरेर जान आफू तयार रहेको दोहोर्याउनुभएको छ ।

तर उक्त निर्णय कार्यान्वयन नभएकै कारण पार्टीभित्र समस्या एकपछि अर्को गर्दै थपिँदै गएको स्थायी समितिका सदस्यहरुलाई प्रचण्डले जानकारी गराउनुभएको छ । नेपाल समाचारपत्र दैनिक