२० बैशाख २०८२, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

कठिन रूट भएकाले राम्रो प्रदर्शन गर्न सकिनँ–धाविका सन्तोषी



अ+ अ-

काठमाडौँ । नेपालकी म्याराथन धाविका सन्तोषी श्रेष्ठले पेरिस ओलम्पिक २०२४ मा म्याराथनको रुट केही कठिन भएकाले सोचेअनुरुप प्रदर्शन गर्न कठिन बताएको बताउनुभएको छ ।

पेरिस ओलम्पिकमा ९२ धाविकामध्ये उनी प्रतिष्पर्धामा ७९औं स्थानमा खुम्चिनुभएको छ । जहाँ ११ धाविकाले म्याराथन पूरा गर्न नै सकेनन् । म्याराथन पूरा गरेपछि पत्रकारसँगको कुराकानीमा सन्तोषीले नेपालबाट करियरकै उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यका साथ आएपनि पेरिस पुगेपछि रुट कठिन भएको जानकारी पाएपछि पूरा गर्न नै चुनौती भएको बताउनु भयो ।

उहाँले आफ्नो करियरकै चुनौतीपूर्ण कोर्सका रूपमा यो म्याराथनलाई लिएको उल्लेख गर्नुभयो । सन्तोषीले आफू १५ किलोमिटरसम्म समय सुधार गर्न भन्दा पनि दूरी पार गर्न तवरबाट दौडिएको बताउनु भयो ।

यो म्याराथनमा नेदरल्याण्डकी सिफन हसन दुई घण्टा २२ मिनेट ५५ सेकेण्डका साथ स्वर्ण जित्न सफल हुनुभयो । उहाँले ओलम्पिक रेकर्ड राख्नुभयो । इथोपियाकी टिगस्ट एसिफाले रजत र हेलेन ओबिरीले कांस्य पदक जितिन् ।

एसिफाले दुई घण्टा २२ मिनेट ५८ सेकेण्ड समय लगाउँदा हेलेनले दुई घण्टा २३ मिनेट १० सेकेन्डमा पार गर्नुभयो । सन्तोषीले भने दुई घण्टा ५५ मिनेट ६ सकेण्डको समय खर्चिनुभयो । पेरिस ओलम्पिकमा नेपालका सात खेलाडीले प्रतिष्पर्धा गरे । कुनैपनि खेलाडीको प्रदर्शन सुखद् रहन सकेन ।

अधिकांश खेलाडीको चुनौती प्रारम्भिक चरणमा नै सीमित हुँदा प्रदर्शन पनि राम्रो बन्न सकेन । सन्तोषीको चुनौती नै पेरिस ओलम्पिकमा नेपालको अन्तिम प्रतिष्पर्धा हो । यसअघि सुटिङकी सुस्मिता नेपाल, टेबल टेनिसका स्यान्टु श्रेष्ठ, पौडीका एलेक्जेन्डर शाह र डुवाना लामा, जुडोकी मनिता श्रेष्ठ र ब्याडमिन्टनका प्रिन्स दाहालले चुनौती प्रश्तुत गरेका थिए ।

सन्तोषीको करियरको यो दोस्रो अन्तर्राष्ट्रिय म्याराथन हो । बंगलादेशमा सम्पन्न बंगबन्धु शेख मुजिब ढाका म्याराथन २०२४ मा उनले स्वर्ण जितेकी थिइन् । निर्धारित दूरी दुई घण्टा ४६ मिनेट २२ सेकेण्डमा पार गरेकी थिइन् ।

यो नै उनले दौडिएको पहिलो र एक मात्रै म्याराथन हो । त्यो समय उनले पेरिसमा सुधार गर्न सकिनन् । गत १९ औं एशियाली खेलकुदमा पनि उनले सहभागिता जनाएकी थिइन् । सन्तोषीको मुख्य प्रतिष्पर्धा १० हजार मिटर दौड हो । यसै विधामा उनले १३औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक पनि जितेकी छन् ।

नेपाललाई एथलेटिक्सतर्फ सागमा स्वर्ण दिलाउने उनी पहिलो महिला खेलाडी हुन् । ३० वर्षीय सन्तोषीले युनिभर्सालिटी कोटाअन्तर्गत पेरिस ओलम्पिकको म्याराथनमा आफ्नो स्थान सुरक्षित गरेकी हुन् । नेपाल ओलम्पिक कमिटी र नेपाल एथलेटिक्स संघले सन्तोषीको सहभागिताका लागि नाम सिफारिस गरेको थियो ।