७ मंसिर २०८१, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

आक्रमण र अनलाइन गलत सूचनाले बङ्गलादेशी हिन्दूहरूमा त्रास, महिलामाथि दुर्व्यवहार



अ+ अ-

एजेन्सी । बङ्गलादेशी युवा व्यवसायी तनुश्री शाह प्रधानमन्त्री शेख हसिनालाई सत्ताबाट बर्खास्त गरेपछि आफ्नो परिवारविरुद्ध हालैको भीडको हिंसाबाट आक्रोशित हुनुभएको छ । उहाँलाई आफ्ना हिन्दू साथीहरूले थप प्रतिशोधको सामना गर्नसक्छन् भन्ने डर छ ।

ती डर उचित भए पनि हिन्दू–बहुल छिमेकी मुलुक भारतमा मिडियाद्वारा अनलाइनमा फैलाइएका अन्य घातक आक्रमणको झुटा अफवाहहरूको लहरबाट यसलाई बढावा मिलेको छ ।

अधिकांश मुस्लिम बङ्गलादेशमा हिन्दू सबैभन्दा ठूलो अल्पसङ्ख्यक समुदाय हो र यो समुदायलाई हसिनाको पार्टी अवामी लिगका लागि दृढ समर्थनको आधार मानिन्छ ।

सोमबार हसिनाको अचानक राजीनामा र विदेश पलायनपछि उहाँको १५ वर्षको शासन अन्त्य गरेसँगै धेरै हिन्दू परिवार आफ्ना छिमेकीहरूको निशानामा आए ।

राजधानी ढाकामा हस्तकला व्यवसायका ३१ वर्षीय प्रबन्धक शाहले भन्नुभयो, “एक समूहले मेरो काकाको पसलमा तोडफोड गरे ।”

उहाँले भीडले काकाको पैसा चोरेको र मैमनसिंह सहरको उत्तरमा किराना पसलको सेफ खाली गरिदिएको बताउनुभयो । त्यसपछि काकालाई उनीहरूले पिटेको र भविष्यमा आक्रमण रोक्न थप पैसा मागेको शाहले बताउनुभयो ।

शाह ढाका विश्वविद्यालय नजिकै हसिनालाई सत्ताबाट हटाउने विद्यार्थीहरूको विरोध प्रदर्शनमा गत महिना एक हजारभन्दा बढी हिन्दूसँग उभिनुभएको थियो ।

उक्त समूह नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वको मुलुकको नयाँ अन्तरिम सरकारसँग आफ्नो धर्मका सदस्यहरूलाई तत्काल क्षति हुनबाट बचाउन तुरुन्तै माग गर्न भेला भएको थियो ।

यद्यपि शाहले हिन्दूहरूप्रतिको शत्रुता गत महिनाको राष्ट्रिय उथलपुथलभन्दा गहिरो भएको बताउनुभयो । “जब कुनै सरकार ढल्छ या कुनै समस्या उत्पन्न हुन्छ त्यतिबेला हामी अवसरवादीहरूबाट पीडित हुन्छौँ ।”

महिलामाथि दुर्व्यवहार

सत्र करोड जनसङ्ख्या भएको बङ्गलादेशमा करिब आठ प्रतिशत हिन्दू छन् । सन् १९४७ मा बेलायती औपनिवेशिक शासनको अन्त्यमा धार्मिक आधारमा भारत र पाकिस्तानको अव्यवस्थित विभाजनका कारण व्यापक हिंसा सुरु भएपछि यो बङ्गलादेशमा हिन्दूहरूको सङ्ख्यामा तीव्र गिरावट थियो ।

सन् १९७१ मा पाकिस्तानविरुद्ध बङ्गलादेशको विनाशकारी मुक्ति सङ्ग्राममा धेरै हिन्दू भागे । उक्त द्वन्द्वमा ३० लाख मानिसको मृत्यु भयो र स्वतन्त्रताका समर्थकका रूपमा हेरिने हिन्दूहरू असमान रूपमा पीडित भए ।

धार्मिक अधिकार समूहहरूले गत सातामा अल्पसङ्ख्यक समुदायमाथि आक्रमणका दुई सयभन्दा धेरै घटना रेकर्ड गरिएको र यसमा क्रिस्चियन र बौद्धहरू पनि समावेश भएको बताएका छन् ।

मानवाधिकार कार्यकर्ता राणा दासगुप्ताले भिडियो वयानमा भन्नुभयो, “घटनाहरूमा घरहरूमा आक्रमण, पसल र पूजा स्थलमा तोडफोड समावेश छन्, महिलाहरूसँग पनि दुर्व्यवहार गरिएको छ ।”

हसिनाको पतनपछि अन्य सयौँ हिन्दू भारतीय सीमा पार गर्न आग्रह गर्दै आइपुगेका छन् ।

धर्मको आधारमा विभेद नगरौँ 

प्राय यी सबै आक्रमण प्रधानमन्त्री भागेपछिका अराजक घन्टाहरूमा भएका थिए । हसिनालाई निष्कासन गर्ने युवा विद्यार्थी र जनताका अन्य सदस्यहरू कानून–व्यवस्था शून्यतामा प्रवेश गरेका छन् ।

उनीहरूले लुटपाट रोक्न रात्रिकालीन छिमेकी हेरचाह समूह व्यवस्थित गरेका छन् र मन्दिरहरू बाहिर स्वयंसेवकहरू परिचालन गरेका छन् ।

आइतबार मध्यरातपछि ढाकाको एक व्यस्त इलाकामा गस्ती गरिरहेका मोहम्मद मियादले भन्नुभयो, “हामी लुटेराहरूलाई पक्रन राति जाग्राम बसेका छौँ ।”

विद्यार्थी आन्दालनका नेताहरूले शुक्रबार हिन्दू समुदायसँग भेट गरी उनीहरूको चिन्ता सुनेका थिए ती चिन्तालाई युनुसको प्रशासनलाई बुझाएका थिए ।

युनुसले शनिबार आफैँ मुलुकमा भेदभावका लागि कुनै स्थान नभएको बताउनुभएको थियो । उहाँले पत्रकारहरूसँग भन्नुभयो, “एउटा नयाँ बङ्गलादेश बनाउनु हाम्रो जिम्मेबारी हो, धर्मका आधारमा विभेद नगर्नुहोस् ।”

हामी नागरिक होइनौँ ?

हिन्दूविरुद्ध हिंसा वास्तविकताभन्दा पनि खराब छ भनी अनलाइनमा आक्रमणका झुटा रिपोर्ट फैलिँदा चिन्ताहरू अझ बढेका छन् ।

यीमध्ये धेरैको उत्पत्ति भारतमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूबाट भएको छ । यिनीहरूका प्रधानमन्त्री नरेन्द्र मोदी हिन्दू आस्थाका निर्विवाद समर्थक हुनुहुन्छ र हसिनाको शासनको कट्टर समर्थक हुनुहुन्थ्यो ।

भारतको सबैभन्दा साझा भाषा हिन्दीमा लेखिएको र सामाजिक सञ्जाल एक्समा व्यापक रूपमा साझा गरिएको पोस्टमा पाँच सयभन्दा धेरै हिन्दूको हत्या गरिएको, सयौँ हिन्दू महिलालाई बलात्कार गरिएको र दर्जनौँ मन्दिर जलाइएको झुटो दाबी गरिएको छ ।

इन्टरनेसनल क्राइसिस ग्रुपका थोमस किनले कयौँ थप विचित्र दाबीलाई पनि भारतीय मिडियाले उठाएको र तथ्यका रूपमा रिपोर्ट गरेको बताउनुभयो ।

“उनीहरूको रिपोर्टिङ र विश्लेषणले एउटा विश्व दृष्टिकोणलाई प्रतिबिम्बित गर्दछ जुन धरातलीय यथार्थसँग बिल्कुल भिन्न छ”, उहाँले भन्नुभयो ।

आफ्नो पतनपछि हसिनाले भारतमा शरण लिनुभएको छ । यसबाट बङ्गलादेशीहरूमा भारतका लागि दुश्मनी बढेको छ ।

किनका अनुसार हसिनाको पदच्यूतको वरपर भएका अशान्तिमा मारिएका चार सय ५० भन्दा बढी मानिसमा हिन्दूहरूको सङ्ख्या धेरै थियो भन्ने कुराको कुनै सङ्केत छैन ।

तैपनि हिन्दूविरुद्ध आक्रमणको सबैभन्दा नराम्रा रिपोर्ट बनाइए पनि हिन्दू समुदायभित्र डर र क्रोधको व्यापक भावना कायम छ ।

“तानाशाहीको पतनपछि हामीले विजय जुलुस निकाल्नुपर्थ्यो”, २० वर्षीया विद्यार्थी मौमिता अधिकारीले ढाका विश्वविद्यालय नजिकै हिन्दू प्रदर्शनमा भन्नुभयो, “त्यसो भए हामी यहाँ किन विरोध गरिरहेका छौँ ? के हामी यो देशका नागरिक होइनौँ ?”