१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

कान्तिलोपकथमा साना सवारीसाधन सञ्चालन



अ+ अ-

मकवानपुर । पहिरोले अवरुद्ध भएको कान्तिलोकपथमा साना सवारीसाधन सञ्चालन भएका छन् । ललितपुरको बागमती गाउँपालिका–६ रातो पहाड नजिक खसेको पहिरो हटाएपछि हलुका सवारीसाधन सञ्चालनको अनुमति दिइएको भट्टेडाँडास्थित इलाका प्रहरी कार्यालयले जनाएको छ ।

पहिरो पूर्ण रुपमा पन्छाउन बाँकी रहेकाले अनुकूल मौसम रहेमा साँझसम्ममा ठूला सवारीसाधनलाई पनि सञ्चालनको अनुमति दिइने मकवानपुर जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता ओम पण्डितले बताउनुभयो ।

यसैगरी, मकवानपुरतर्फको भीमफेदी गाउँपालिका–८ महादेवटारमा दुवैतर्फको सडकमा पर्खाल, ढल निर्माण जारी छ । त्रिभुवन राजपथअन्तर्गत भीमफेदी–कुलेखानी सडक सञ्चालनमा छभने पूर्व–पश्चिम राजमार्गमा पनि सवारीसाधन सञ्चालनमा रहेका उहाँले जानकारी दिनुभयो । रासस