२० बैशाख २०८२, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

पेरिस ओलम्पिक्सको अन्तिम दिन सन्तोषी श्रेष्ठले म्याराथनमा प्रतिष्पर्धा गर्दै



अ+ अ-

काठमाडौँ । पेरिस ओलम्पिक्सको अन्तिम दिन भोलि नेपालकी धाविका सन्तोषी श्रेष्ठले म्याराथनमा प्रतिष्पर्धा गर्दैछिन् ।

युनिभर्सियालिटी कोटाबाट सन्तोषी पेरिस ओलम्पिक्समा छनोट भएकी हुन् । सन्तषी गत १५ गते पेरिस गएकी हुन् । दश दिन पेरिसमा नै उनले प्रशिक्षण गरिन् । त्यहाँको मौसमसँगै अभ्यस्त भइसकेकी सन्तोषीले उत्कृष्ट प्रदर्शन गर्ने बताएकी छन् ।

सन्तोषीले नेपालको लागि १३ औं दक्षिण एशियाली खेलकुद सागमा १० हजार मिटर दौडमा ऐतिहासिक स्वर्ण दिलाएकी थिइन् । पछिल्लो समय घरेलु म्याराथनमा उनी अब्बल खेलाडी हुन् ।

नेपालबाट सहभागी सातमध्ये ६ खेलाडी ओलम्पिक्समा सहभागी भएर फर्किसकेका छन्। जहाँ पौडीका एलेक्जेण्डर शाहले एक सय मिटर फ्रि स्टाइलमा राष्ट्रिय रेकर्ड बनाएका थिए । यस बाहेक अन्य खेलाडी पहिलो चरणबाट बाहिरिएका थिए ।