१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

दलित समुदायको समानुपातिक प्रतिनिधित्वको माग गर्दै प्रदर्शन



अ+ अ-

काठमाडौं । सरकार निर्माण तथा राजनीतिक नियुक्तिमा दलित समुदायको समानुपातिक समावेशी प्रतिनिधित्वको माग गर्दै आज माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ ।

दलितका लागि दलित अभियान, नेपालले माइतीघर मण्डलामा आयोजना गरेको प्रदर्शनमा सहभागीहरूले राज्यका हरेक निकायमा प्रतिनिधित्वको माग गर्दै प्रदर्शन गरेका थिए ।

प्रदर्शनमा सहभागीले फलामे साङ्लो (जन्जिर) मा बाँधिएर दलितलाई मन्त्री खै ? दलितलाई कानुन खै ? दलितलाई नियुक्ति खै ? जस्ता प्रश्न लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका थिए । अभियानका संयोजक खगेन्द्र सुनारले राज्यका हरेक संरचनामा दलित समुदायको सम्मानजनक सहभागिता हुनुपर्ने मागसहित प्रदर्शन गरिएको बताउनुभयो ।

प्रदर्शनमा ऐक्यबद्धता जनाउन डा गोविन्द केसी, अधिकारकर्मी कमला हेम्चुरीलगायत नागरिक समाजका प्रतिनिधिहरू माइतिघर मण्डला पुग्नुभएको थियो ।