३ चैत्र २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

हवाई क्षेत्रको सुरक्षाका लागि सरकारलाई सुमनाको सुझाव



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ तथा प्रतिनिधिसभा सदस्य सुमना श्रेष्ठले नेपालको हवाई सुरक्षाको नीतिगत पहलहरु सीघ्रताका साथ कार्यान्वयन गर्न सुझाव दिएकी छन् ।

सांसद श्रेष्ठले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेलाई सुझाव पत्र लेखेकी हुन् ।

पत्र लेख्दै उनले यथाशीघ्र कार्यान्वयनमा लैजाने भन्ने अपेक्षा राखेको पनि उल्लेख गरेकी छन् । प्रधानमन्त्री र मन्त्रीले दृढ प्रतिबद्धता र इमानदार प्रयत्न गरे उक्त सुझावहरु कार्यान्वयन हुने सांसद श्रेष्ठको विश्वास छ ।

उनले सामाजिक सञ्जालमा भनेकी छन् –
पर्यटन मन्त्री माननीय बद्री प्रसाद पाण्डे ज्यूको सचिवालयले नेपालको हवाई क्षेत्रको सुरक्षाका लागि सुझाव माग्नु भएको जानकारी समाचारमार्फत प्राप्त भयो । दिईएको आधिकारिक ईमेलमा हामीले यी सुझावाहरु बुझाएका छौँ । यथाशीघ्र कार्यान्वयनमा लैजानुहुनेछ भन्ने अपेक्षा राखेकी छु । तर यसका लागि सबैभन्दा महत्त्वपूर्ण भनेको सदनका दुई ठूला दल मिलेर बनेको दुईतिहाइ विश्वास प्राप्त शक्तिशाली सरकारका सम्माननीय प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीज्यू र माननीय मन्त्री बद्रीप्रसाद पाण्डेज्यूको दृढ प्रतिबद्धता र इमानदार प्रयत्न चाहिन्छ । आशा छ अब भने जनतालाई निराश बनाउनु हुनेछैन ।