
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकगायक राजु परियारको प्रसंसा गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले राजु परियारका लोकगीतहरु सुन्नेसमेत गरेको बताउनुभएको छ । ओली र परियारबीच हिजो भेटघाट भएको थियो । त्यसबारे सामाजिक सञ्जालमार्फत् जानकारी दिँदै प्रधानमन्त्री ओलीले राजु परियारका लोकगीत सुन्दा आफूलाई झलकमान गन्धर्बको सम्झना आउने गरेको बताउनुभएको छ ।
उहाँले राजुसँग फेरि भेट्ने बाचासमेत गर्नुभएको छ ।
राजुसँगको भेटबारे प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा के लेख्नुभएको छ त ?
राजु परियारका लोकगीत सुन्दा मलाई कहिलेकाहीँ झलकमान गन्धर्बको सम्झना आउँछ। पछिल्लो पटक उहाँले झलकमान गन्धर्बको गीत गाउनु भएको पनि युटुबमा हेरेको थिएँ। मन पर्ने लोक गायक राजु परियारसँग आज छोटो कुरा भयो। छुट्टिने बेला मैले भनें – हामी फेरि भेट्ने छौं।