१८ चैत्र २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

बंगलादेशमा हिंसा: हजारौं प्रदर्शनकारी प्रधानमन्त्री शेख हसिनाको निवासमा प्रवेश, हसिनाले निवास छोडिन्



अ+ अ-

काठमाडौँ । बंगलादेशमा आरक्षण विरोधी आन्दोलन सोमबार चर्किएको छ । हजारौं प्रदर्शनकारी प्रधानमन्त्री शेख हसिनाको प्रधानमन्त्री निवासमा प्रवेश गरेका छन् । यसैबीच, प्रधानमन्त्री हसिनाले प्रधानमन्त्री निवास छाडेको दाबी भइरहेको छ ।

समाचार एजेन्सी एएफपीले स्रोतलाई उद्धृत गर्दै प्रधानमन्त्री ढाका प्यालेस छोडेर सुरक्षित स्थानमा सरेको जनाएको छ । केही सञ्चारमाध्यमले प्रधानमन्त्री हसिना र उनकी बहिनी रेहानाले देश छोडेर सैन्य हेलिकप्टरबाट भारत पुगेका दाबी गरिरहेका छन् ।

बंगलादेशी पत्रिका प्रथम आलोका अनुसार धेरै ठाउँमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । जसमा ६ जनाभन्दा बढीको मृत्यु भएको छ ।

आन्दोलनकारीले टङ्गाइल र ढाकाका महत्वपूर्ण राजमार्गहरू कब्जा गरेका छन् । करिब ४ लाख जनता हसिना सरकारविरुद्ध सडकमा उत्रिएका समाचारमा जनाइएको छ ।

बंगलादेशमा प्रहरी र विद्यार्थी प्रदर्शनकारीबीच हिंसात्मक झडप भइरहेको छ । आन्दोलनरत विद्यार्थीहरूले विवादास्पद आरक्षण प्रणाली खारेज गर्न माग गरिरहेका छन् ।

यसअन्तर्गत सन् १९७१ मा बंगलादेशको स्वतन्त्रताका लागि लडेका स्वतन्त्रता सेनानीका परिवारका लागि ३० प्रतिशत सरकारी जागिर आरक्षित गरिएको छ ।

तस्बिर: एपी/एएफपी