२० बैशाख २०८२, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

पेरिस ओलम्पिक: पुरुषको १०० मिटर दौडमा अमेरिकाका नोआ लिल्स विजयी, ०.५ सेकेण्डको अन्तरले स्वर्ण जिते



अ+ अ-

एजेन्सी । पुरुष १०० मिटर दौडमा अमेरिकी एथलीट नोआ लिल्स विजयी भएका छन् । लिल्सले जमैकाका किशाने थम्पसनलाई पराजित गर्दै स्वर्ण पदक जिते ।

यस प्रतियोगिताको कास्य पदक अमेरिकाका फ्रेड केर्लीले जिते । टोकियो ओलम्पिक च्याम्पियन इटालीका ज्याकब लोमान्ट मार्सेल पाँचौ स्थानमा रहे र स्वर्ण पदक जोगाउन सकेनन् ।

लिल्स जस्टिन ग्याटलिनपछि पुरुष १०० मिटरमा स्वर्ण पदक जित्ने पहिलो अमेरिकी खेलाडी हुन् । ग्याटलिनले २००४ एथेन्स ओलम्पिकमा स्प्रिन्टमा स्वर्ण पदक जितेका थिए । लिल्सले ९.७८४ सेकेण्डको व्यक्तिगत उत्कृष्ट समय निकाल्दै स्वर्ण पदक जिते भने दोस्रो स्थानमा रहेकी थम्पसनले ९.७८९ सेकेन्डमा समय पुरा गर्दै रजत पदक जिते ।

लिल्स र थम्पसनबीच मात्र ०.५ सेकेण्डको अन्तर थियो । कास्य पदक जित्ने केर्लीले ९ दशमलव ८१० सेकेण्डमा दौड पूरा गरी तेस्रो भए ।

एथलीटहरूले नतिजा जान्न सामान्य भन्दा लामो समय कुर्नुपरेको थियो किनभने दौड समाप्त गर्ने पहिलो सात खेलाडीहरू ठूलो स्क्रिनमा देखाइएका थिए र धेरै नजिक देखिन्थ्यो । तर, लिल्स विजेता घोषित भए ।