१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

ट्याक्टर दुर्घटना: घाइते महिलाको उपचारका क्रममा मृत्यु



अ+ अ-

बरहथवा । बोलबम यात्री सवार ट्याक्टर दुर्घटनामा परी गम्भीर घाइते महिलाको उपचारका क्रममा मृत्यु छ ।

आज सर्लाहीको मलङ्गवा नगरपालिका–१२, स्थित नहरमा बोलबमका भक्तजन सवार ज २ त ३२७ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा पाँच जना घाइते भएका थिए ।

त्यसमध्ये गम्भीर घाइते सर्लाहीको चक्रघट्ट गाउँपालिका–५, निवासी ४५ वर्षीया पतही देवीको वीरगञ्जस्थित एनएमसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो ।

दुर्घटनामा परेर गम्भीर घाइते भएकी पतही देवीलाई प्रादेशिक अस्पताल मलङ्गवामा सामान्य उपचारपश्चात थप उपचारको लागि वीरगञ्जस्थित एनएमसी अस्पताल पुर्‍याइएको थियो ।

घटनामा घाइते भएका चार जना चक्रघट्ट गाउँपालिका–५ की २६ वर्षीया शान्ति देवी, उहाँकी नौ वर्षीया छोरी सुस्मिता देवी, ४० वर्षीया गीता देवी र मृतक पतही देवीकी छोरी ११ वर्षीया अंशुकुमारीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।

तीव्र गतिमा रहेको ट्रयाक्टर अनियन्त्रित भई नहरमा खसेर दुर्घटना भएको जनाइएको छ । दुर्घटनालगत्तैै ट्रयाक्टर चालक फरार भएका प्रहरीले जनाएको छ । भारतको मढीयामा जल चढाएर सर्लाहीको चक्रघट्ट फर्किंदै गर्दा दुर्घटना भएको थियो ।