१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

सनराइज बैंकले ८.२८ प्रतिशत लाभांश साधारण सभाबाट पारित गर्ने, कति छ बोनस र नगद लाभांस ?



अ+ अ-

काठमाडौँ । सनराइज बैंकको तह्रौँ वार्षिक साधारण सभा (एजीएम) पुस २४ गते हुने तय भएको छ । 

गत बिहीबार बसेको सञ्चालक समितिले बिहान १० बजे आम्रपाली बैंङ्क्वेट बालुवाटारमा साधारण सभा गर्ने निर्णय गरेको हो । साधारण सभा प्रयोजनका लागि पुस ७ गते १ दिन बैंकको शेयर दाखिला खारेज दर्ता बन्द (बुक क्लोज) गर्ने समेत निर्णय भएको छ ।  

बोनस शेयर पनि बैंकको हाल कायम चुक्ता पूँजी ८ अर्ब ९६ करोड ७८ लाख ११ हजार ४ सय ३६ रुपिया १० पैसाबाट बृद्धि भई ९ अर्ब ४८ करोड ७९ लाख ४४ हजार ४ सय ९९ रुपियाँ ३९ पैसा पुग्नेछ । 

उक्त साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुसार हाल कायम चुक्ता पूँजीको ५.८० प्रतिशत बोनस शेयर र २.४८ प्रतिशत नगद लाभांश (कर समेत बोनस र नगद लाभांश) पारित गर्ने जनाएको छ । 

सनराइज बैंक र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने गाभिने (मर्जर) वा प्राप्ति गराउन वा वैदेशिक रणनीतिक साझेदारीमा जानका लागि आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव समेत पारित गर्ने कम्पनी सचिव इश्वरकुमार पाठकले बताउनु भएको छ ।