३ चैत्र २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

मन्त्रीपरिषद्का निर्णय सार्वजनिक हुनु अगावै बाहिर आउने कुराको अन्त्य गर्छौं: मन्त्री गुरुङ



अ+ अ-

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रीपरिषद्का निर्णय सार्वजनिक हुनु अगावै सूचना दिनेकुराको अन्त्य गर्ने बताउनुभएको छ ।

सरकारले असार ३१ गते मन्त्रीपरिषद् बैठक बसेको २४ घण्टापछि मात्रै निर्णय सार्वजनिक गर्ने बताएको थियो । तर सरकारले लागू गर्न नसकेपछि सञ्चारकर्मीहरुले जिज्ञासा राखेका थिए । सञ्चारकर्मीहरुको जिज्ञासामा मन्त्री गुरुङले नियममा, ओहदामा बस्नेहरुले सरकारको निर्णय चुहाउन नहुने र सरकारको प्रवक्ताले नै २४ घण्टापछि सार्वजनिक गर्ने बताउनु भयो । उहाँले आगामी दिनमा सूचना चुहाउन नदिन सरकार लाग्ने बताउनु भयो । मन्त्रीहरु, मुख्यसचिव, सहसचिव जसको माध्यमबाट भएपनि सूचना चुहुन नदिन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘साँच्चिकै नियममा, ओहदामा बस्ने सरकारको प्रवक्ताले भनेको अनुसार रहेर हामीले २४ घण्टामभित्रै सुन्छौँ भन्नेलाई मर्का पक्कै परेको छ । मेरो मनमा पनि प्रश्न उठेको छ । यो हाम्रो समस्या हो । क्याबिनेटमा भएको मन्त्रीपरिद्को प्रवक्ताले यस्तो कुरा भनेको छैन । मैले भन्नै मिल्दैन । हाम्रो नियम, पद्धतिले नभन्नु भनेको छ । तर चुह्यो । चुह्यो त पक्कै मन्त्रीहरुबाट, मुख्यसचिव, सहसचिवहरुबाट चुह्यो । अब समस्या समाधान हुँदै जान्छ । बासी न्युज पर्खिनुपर्ने र फ्रेस न्युज अरुले पाउने कुराको अन्त्य गर्नेछौँ । यो पद्धति कायम गर्ने पक्षमा छौँ । शुरुका दिनमा केही समस्या भएपनि हामी समाधान गर्दै जान्छौँ ।’

उहाँले शुरुका दिनमा केही समस्या भएपनि आगामी दिनमा समाधान गर्दै जाने बताउनु भयो ।