
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् ।
सिंहरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न पाँच बजे बस्ने गरि बैठक बोलाईएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बुधबार बिहान भएको सौर्य एयरलाइन्सको दुर्घटनाबारे सम्पूर्ण जानकारी तथा छानबिन प्रक्रियाका लागि बैठक बोलाईएको सचिवालयले जनाएको छ । बैठकमा दुर्घटना पछिको तीव्र उद्धार, राहतलगायत विभिन्न विषयमा निर्णय हुने बताईएको छ ।