
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली विमान दुर्घटनाको अवस्था बुझ्न त्रिभुवन विमानस्थलतर्फ जानुहुने भएको छ ।
काठमाडौंबाट पोखरा उड्ने क्रममा सौर्य एयरलायन्सको विमान दुर्घटनामा परेको थियो । प्रधानमन्त्री केहीबेरमा दुर्घटनास्थल जान लाग्नुभएको हो ।
नागरिक उड्ययन प्राधिकरणका सम्बन्धित अधिकारीलाई पनि बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । विमानस्थलमा १९ जना सवार रहेको बताइएको छ ।