
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक जारी रहेको छ ।
नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा संसदीय दलको बैठक भईरहेको हो ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन ह्वीप जारी गर्ने निर्णय हुनेछ । साथै पछिल्ला राजनीतिक, समसामयिक घटनाक्रमबारे छलफल हुनेछ । बैठकले विपद्जन्य घटनाका कारण समस्यामा रहेका नागरिकप्रति जवाफदेही बन्न सरकारलाई ध्यानकर्षण गराउनेबारे छलफल हुनेछ ।