५ चैत्र २०८१, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

खेल क्षेत्रका विकृति, र विसंगतिलाई अन्त्य गर्ने खेलकुदमन्त्रीको प्रतिवद्धता



अ+ अ-

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेल क्षेत्रका विकृति, र विसंगतिलाई अन्त्य गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

बिहीवार राष्ट्रिय खेलकुद परिषद्ले गरेको बधाई कार्यक्रममा बोल्दै उहाँले यस्तो प्रतिवद्धता जनाउनुभएको हो । उहाँले मन्त्रालय मातहतका निकायहरुलाई सुशासनमा ध्यान दिएर काम गर्न निर्देशन दिनुभयो । उहाँले आफ्नो एउटै चाहना राम्रो काम गर्ने भएको पनि बताउनु भयो । उहाँले ऐन, कानूनहरुको परिपालना गरेर मात्रै खेलकुदका गतिविधि सञ्चालन गर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘तपाईंहरु सम्पूर्ण साथीहरुलाई यो विश्वास दिलाउन चाहन्छु । यो भरोसा दिलाउन चाहन्छु । हाम्रो यो कार्यकालमा तपाईंहरु ढुक्क भएर राम्रो काम गर्नुस् । यहाँका विकृति, र विसंगतिलाई अन्त्य गर्ने प्रतिवद्धता छ । सुशासनमा ध्यान दिन आग्रह गर्दछु । हाम्रो एउटै चाहना छ, काम गर्नुस्, राम्रो काम होस् । सुशासन कायम होस् । ऐन, कानूनहरुको परिपालना गर्न सक्नुभएन भने ढिलो चाँडो आफूलाई नै अफ्ठ्यारो हुन्छ । बेरुजुको चाङ छ । अस्तिमात्रै बेरुजु हेर्दा ८५ प्रतिशत थियो । कागज मिलेको छैन भने कागज मिलाइदिनुस् । साथी भाईले केही रकम तिर्नु छ भने तिर्दिनुस् । छैन भने दिल खोलेर हिँड्नुस् । यहाँका बेरुजुको विषयमा सार्वजनिक लेखा समितिमा आउँछ ।’

राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का सदस्यसचिव १९ औं एशियाली खेलकुद सकिए लगत्तै २० औं एशियाली खेलकुदको लागि मिसन २०२६ भनेर अघि बढाएको बताउनु भयो । अहिले १० खेलको १२२ जना खेलाडी र १० वटा खेलका २० जना प्रशिक्षक रहनुभएको र विशेष प्रशिक्षणमा व्यवस्थित रुपमा अघि बढाएको जिकिर गर्नुभयो । उहाँले नेपाली खेलकुदले अहिलेसम्म स्वर्ण पदक प्राप्त नगरेको भन्दै स्वर्ण पदकसहित दोहोरो अंकको पदक प्राप्त गर्ने लक्ष्य राखेर काम गरिरहेको बताउनु भयो ।

उहाँले राखेपको मुख्य कार्यक्रम नै मिसन २०२६ भएको बताउनु भयो ।