६ चैत्र २०८१, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

मधेस प्रदेश: सरकारलाई दिएको समर्थन फिर्ता लिन काँग्रेस संसदीय दलको बैठक जारी



अ+ अ-

जनकपुर । नेपाली काँग्रेसले अर्थ मन्त्रालय नपाउने भएपछि मधेस सरकारलाई दिएको सर्मथन फिर्ता लिनेबारे निर्णय गर्न संसदीय दलको बैठक जारी छ ।

जारी संसदीय दलको बैठकबाट सरकारलाइ दिएको समर्थन फिर्ता लिने/नलिनेबारे निर्णय काँग्रेसले गर्न लागेको हो । काँग्रेस संसदीय दलका नेता कृष्ण यादवले अहिलेसम्म सहमतिअनुसार नै अघि बढ्ने गरी बसेको भएपनि अब भने संस्दीय दलमा बहुमतले गरेको निर्णयलाई मानेर अघि बढ्ने बताउनु भयो । काँग्रेस संसदीय दलका नेता कृष्ण यादवले भन्नुभयो, ‘अहिले हामी बसिरहेका छौँ, बहुमतको निर्णय जे हुन्छ त्यसै आधारमा निर्णय लिनेछौँ ।’

सरकारलाई दिइएको समर्थन फिर्ता हुने सम्भावना कति छ ? भन्ने प्रश्नमा राजनितिमा सम्भावना बाहेक अरु केही पनि नहुने बताउँदै बैठकले थप निर्णय लिनसक्ने बताउनु भयो । बैठकले सरकारलाई दिएको समर्थन फिर्ताको निर्णयमा पुगे काँग्रेस नयाँ समिकरणमा सरकार बनाउन प्रयास गर्नेगरी तयारी समेत गर्न लागेको एक प्रदेस सभा सदस्यले बताउनु भयो ।